तपाईहरु ढुक्क भएर घर फर्कनुहोस् , सरकारले तपाईहरुको मागलाई गम्भिरताका सथ हेर्दै छ – सूचना मन्त्री शर्मा
- चैत्र २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
गएको शनिबार मिटरब्याज पीडितको एक समूहसँग ५ बुँदे सम्झौता भएको दुई दिनपछि नै फेरी अर्को मिटरब्याज पीडितको काठमाडौं आएर आन्दोलनको तयारीमा छ । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्च स्तरीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरुले मन्त्रिपरिषदको निर्णय थाहा नपाएको हुन सक्ने बताइन् ।
‘मन्त्रिपरिषदको निर्णयको उद्देश्य थाहा नपाएर आउनुभएको हुन सक्छ, उहाँहरुसँग छलफल हुन्छ’ उनले भनिन्, ‘म के भन्छु भने काठमाडौंमा दुख पाएर बस्ने होइन, उहाँहरु आफ्नो ठाउँमा फर्किनुपर्छ ।’
मिटरब्याज पीडितको समस्या छ कि छैन भन्ने अन्योलमा सरकार नरहेको भन्दै उनले छ भनेर नै समस्या समाधान गर्न आयोग गठन गरेको बताइन् ।
‘सरकारले तत्काल समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेको छ । यो आयोगमार्फत मिटरब्याज पीडितको समस्या समाधान सदाका लागि गर्छ’ उनले भनिन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments