शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध – मिश्र, वरिष्ठ उपाध्यक्ष राप्रपा

- चैत्र २१, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सार्वजनिक बिधालयहरुमा कार्यरत शिक्षकहरुले राजनीति परित्याग नगरे सम्म देशको रुपान्तरण सम्भव नरहेको भनाई छ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको ।
मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताएका हुन्।
उनले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताए।
उनले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरे। उनले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताए।

वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने उल्लेख गरे।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर