ब्राजिलको निजी बिधालयमा आक्रमण – चार बालबालिकाको मृत्यु

- चैत्र २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ब्राजिलको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।
२५ वर्षीय एक आक्रमणकारीले ब्लुमेनाउ शहरमा रहेको गुड सेफर्ड सेन्टर नामको निजी विद्यालयमा आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो।

सान्टा क्याटारिना राज्यकाप्रहरी अधिकारीकाअनुसार आक्रमण अन्यचार जना गम्भीर घाइते भएका छन्। आक्रकणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनले धारिलो हतियार प्रयोग गरी बालबालिकाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणको निन्दा गरेका छन्।
उनले घटनाको शीघ्र अनुसनधान गरी दोषीलाई कारबाही गर्न प्रशासनलाई निर्देशन दिएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर