बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस फाइनलमा

- चैत्र २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिकसँगै एक गोलको लागि असिस्ट प्रदान गरेपछि ‘एल क्लासिको’ मा बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाकै मैदानमा ४–० को तथा समग्रमा ४–१ को जित दर्ता गर्दै रियल फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा रियल १–० ले पराजित भएको हो ।
दोस्रो लेगमा रियलको सानदार जितमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक पूरा गर्दा भिनिसियस जुनियरले एक गोल थपे । स्पोटिफाई क्याम्प नोउमा प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा रियलले पाएको मौकालाई सदुपयोग गर्दा बार्सिलोनाले सदुपयोग गर्न सकेन ।
पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले कप्तान बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछिको तीनै गोल बेन्जेमाको नाममा रह्यो । ५०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । ५८औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए ।
त्यसपछि ८०औं मिनेटमा बेन्जेमाले ह्याट्रिक पूरा गर्दै बार्सिलोनमाथि सानदार जित दिलाएर टोलीलाई फाइनलमा पु¥याए । बेन्जेमाले यसपटक भिनिसियसकै पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै रियलले दुई साताअघि स्पेनिस ला लिगामा भोगेको हारको बदला लिन सफल भएको छ । २० मार्चमा भएको खेलमा रियल बार्सिलोनासँग २–१ ले पराजित भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर