मौसम जानकारी
देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा
- चैत्र २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
दिउँसो कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भूभाग लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ ।
बिहीबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments