अश्लील भिडियो बनाएर युवतीको तस्विर टिकटकमा हाल्ने मन्जीतलाई छुटाउन खोज्ने जसपा अध्यक्ष यादवले भेटे कुटाई
- चैत्र २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
सप्तरी ।
१६ वर्षीया किशोरी आफ्नै घरको कल (ट्युबेल) मा नुहाईरहेको बेला लुकिछिपी अश्लील भिडियो बनाएर मन्जीत यादवले सामाजिक सञ्जाल टिकटकमा हालेको थिए । किशोरी नुहाइरहेको अर्धनग्न भिडियो बनाएर टिकटकमा हालेका कारण मन्जीतविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ वडाध्यक्षका मनोज यादवका छोरा रहेका मन्जीत माथि कार्वाहीको प्रक्रिया अगाडी बढिरहेको थियो । मन्जीतलाई थुनामुक्त गराउन जसपाका जिल्ला अध्यक्ष केदार यादवले प्रहरीलाई फोेन मार्फत दबाब दिन थाले ।
प्रहरीले अध्यक्ष यादव कुरा नसुने पछि अध्यक्ष यादव प्रहरी चौकीमा आएर गैर–कानुनी रुपले प्रहरी उपर दबाब दिदैँ प्रहरीलाई धाकधम्की देखाउन थालेपछि प्रहरीले बाध्य भई कुटपिटमा उत्रिनु परेको जिप्रका सप्तरीको छ ।
उनले थप्दै भने–’मुद्दाका प्रहरी निरीक्षक नवीन थापालाई अध्यक्ष यादवले पदको दम्भ देखाउँदै मन्जीतलाई छोड्न दबाव दिइरहेका थिए । तर प्रहरी निरीक्षक थापाले यस्तो संवेदनशील मुद्दामा संवेदनशील हुन पटक पटक आग्रह गरेपनि अध्यक्ष यादवले पटक पटक पदीय दम्भ देखाउँदै हो हल्ला गर्दै गालीगलौजमा उत्रेपछि प्रहरीसँग हाताहालको अवस्था उत्पन्न भयो र सो क्रममा उनको टाउकोमा चोट लाग्न गएको हो ।’
पक्राउ परेका मन्जीतकै कारण घटना हुन गएको स्वीकार गर्दै प्रदेशका पूर्व मन्त्री एवं जसपाका केन्द्रिय सदस्य शैलेन्द्र साहले भने हाम्रा वडाका प्रत्याशी मनोजकै छोरालाई के कति कारणले पक्राउ गरेको बुझ्न गएका थिए । उनले थप्दै भने, ’कुनै व्यक्ति वा नेता अपराधी नै छ भने एउटा राजनीतिकर्मीको काम नै हो घटना बुझ्ने । घटना बुझ्नैमा हातपात गर्नु भनेको जघन्य अपराध हो ।’
’त्यस्ता अपराधिक प्रवृतिका प्रहरीलाई कारवाही हुनैपर्छ ।’ साहले भने, ’घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी कहाँ एक सर्वदलीय टोली पनि गएको छ । अब हेरौं के निष्कर्ष निस्किन्छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments