पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै जनवर्गीय संगठनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दियो
- चैत्र २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् ।
किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो ।
प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा पहिचानका पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments