सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो – एमाले सांसद रघुजी

- चैत्र २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले , ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन ।’
सरकारले १०० दिनको उपलब्धि भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको पन्तले बताए । ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ उनले भने, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ ।’

१०० दिन पूरा हुँदासम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको भन्दै उनले अहिलेसम्मको उपलब्धि सिद्धान्तहीन र नीतिहीन भएको बताए । ‘जनताले उपलब्धि पाउनुप¥यो, जनताले व्यवहारमा सरकार छ भन्ने देखिनुप¥यो, १०० दिनमा मन्त्रिपरिषद बनाउन नसक्ने, यो उपलब्धिहीन भएको छ, यसले कुनै निकास दिन सकेको छैन’ सांसद पन्तले भने ।
कोही व्यक्ति कति पटक प्रधनमन्त्री भयो भन्ने उल्लेखनीय नहुने भन्दै उनले के काम ग¥यो भन्ने महत्वपूर्ण हुने बताए ।
मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई आफ्नो कामका कारण सम्झिइरहने नाम भएको भन्दै सांसद पन्तले भने ‘आजका प्रधानमन्त्री उभिएर बोल्न सक्दैनन्, तिनीहरुको अनुहारमा दागैदाग छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर