
बल्झिन थाल्यो कोरोना
देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३२२ – १७ जना कोरोना संक्रमित अस्पताल भर्ना
- चैत्र २३, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । अस्पतालले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
‘चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी संक्रमित हुँदा इन्डोस्कपी, ईसीजी लगायतका सेवा तीन–चार दिन नै बन्द गरेको पनि अस्पताल स्रोतले जानकारी दियो । संक्रमित भएका स्वास्थ्यकर्र्मीहरु पाँच दिनको होम आइसोलेसन बसेर पुनः सेवामा फर्काएका छन् ।
संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढेपछि संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको छ ।
यस्तै, वीर अस्पतालमा पनि सात जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा स्वास्थ्यकर्मी संक्रमण हुने संख्या बढ्दै गएको छ ।
‘अहिले दैनिक दुई÷तीन जनामा संक्रमण थपिदै अस्पतालले अनिवार्य रुपमा एन्टिजेन परीक्षण जाँच गर्ने गरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा पनि सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि अस्पतालका अनुसार संक्रमित भएका सबै सामान्य किसिमका छन् । ‘हामीले संक्रमण देखिएपछि पाँच दिन बिदा दिएका छौं । यसैगरी संक्रमण बढ्दै जाने हो भने सेवा प्रवाहमा कठिन पर्ने देखिन्छ’, अस्पताल स्रोतले बतायो ।
स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकमा देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ । १७ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने चारजना आईसीयूमा र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२बजेट अभाव : प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न पनि प्रतिफल प्राप्त भएन
-
बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
-
बैशाख २, २०८२रामपाललाई सोफामा बसाउँदै प्रधानमन्त्री मोदीले नयाँ जुत्ता लगाईदिए
-
बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२बजेट अभाव : प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न पनि प्रतिफल प्राप्त भएन
-
लोकप्रिय बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
-
लोकप्रिय बैशाख २, २०८२रामपाललाई सोफामा बसाउँदै प्रधानमन्त्री मोदीले नयाँ जुत्ता लगाईदिए
-
लोकप्रिय बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
Comments