
निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
- बैशाख ८, २०८० मा प्रकाशित

कासिन न्यूज,
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको बताए ।
“हामीले निजी विद्यालयलाई गत वर्षकै शुल्क र पाठ्पुस्तकलाई निरन्तरता दिने गरी निर्णय गरेका छौँ”, उनले भने , “शुल्क वृद्धि गर्नुपर्ने अवस्थामा प्रस्ताव तयार गरी नगरपालिकाबाट स्वीकृत लिन भनेका छौँ ।” उहाँले यसै शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० बाहेकका कक्षाका पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने बताए ।
संस्थागत विद्यालहरूले हरेक शैक्षिक सत्रमा शुल्क वृद्धि गर्ने र पाठ्यपुस्तक परिवर्तन गर्नेलगायत गतिविधि गर्न थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको उनले बताए । पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था आए नगरपालिकाबाट पूर्वस्वीकृति लिन नगरभित्रका संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा
-
बैशाख २, २०८२सुनचाँदीको मूल्य घट्यो
-
बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा
-
लोकप्रिय बैशाख २, २०८२सुनचाँदीको मूल्य घट्यो
-
लोकप्रिय बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
लोकप्रिय बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
Comments