
यौन दुर्व्यवहार गरेको आरोपमा प्राध्यापक पक्राउ
- बैशाख ११, २०८० मा प्रकाशित

कासिन न्यूज,
धनगढी ।
धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् । एसपीए क्याम्पसमा प्ल्सटु अन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ । छात्राहरूलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुरा गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
सोही विषयलाई लिएर पीडित छात्राहरूका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा
-
बैशाख २, २०८२सुनचाँदीको मूल्य घट्यो
-
बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा
-
लोकप्रिय बैशाख २, २०८२सुनचाँदीको मूल्य घट्यो
-
लोकप्रिय बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
लोकप्रिय बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
Comments