डा.आरजुमा नभएको राजनीतिक चेत : परिवारबाट प्रताडित सभापति देउवा
- असार २०, २०८१ मा प्रकाशित
सुधीर नेपाल,
२०, असार ।
बुधबार नेपालको राजनीतिक बजारमा नेपाली कांग्रेस नेतृ एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवाको सम्पत्ति किस्सा सम्वन्धि समाचारले ठूलै महत्व पायो । जसका कारण नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सिबिआई) नेपालका सञ्चार माध्यम लक्षित पत्र काट्न बाध्य भयो ।
खैर समाचार जे जस्तो भएपनि अहिले नेपालको राजनीतिक बजारमा डा.आरजुको चर्चा चरमचुलीमा छ ।
नेपालको सत्ता समिकरणको मुख्य नायिका बनेकी डा.आरजुको बुद्धिमतालाई हेर्ने हो भने उनको दिमागले देशको विकासको खाका कोर्न र वैदेशीक लगानिका लागि उनको एक पहलले धेरै कुरा आउने गथ्र्यो । नेपालमा गैरसरकारी संस्थाहरुको निर्माणमा अहम भूमीका खेलेकी डा.आरजुको एनजीओ र आइएनजीओ लगानी निकै लामो छ । राणा खलकमा हुर्किएकी उच्च शिक्षा हासिल गरेकी महिलाको दर्जामा आउने डा. आरजुका पछिल्ला क्रियाकलापहरु नेपाली राजनीति त्यसमा पनि नेपाली कांग्रेसको राजनीतिमा प्रत्यक्ष असर पर्न थालेको कांग्रेस सम्वन्ध नेताहरु बताउन थालेका छन् ।
डा.आरजुका कारण कांग्रेसको राजनीतिमा भुँइचालो आउने सम्भावना बढ्दै गएको पनि बताउन थालिएको छ । धार्मीक चेतनाले भन्छ । जन्मदै मानिसहरुले योग्यता र उसले गर्ने कार्यहरुको र्निक्योल गरेर आएको हुन्छ । यदि मानिसले आफनो योग्यता र क्षमता भन्दा बाहिर गएर धार्मीक नितिलाई लत्याउन खोज्छ मानिसले त्यसको सजाए आफै भोग्छ ।
हो अहिले डा. आरजुको हिसाबमा यही भएको छ । डा.आरजुका पति एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेपाली कांग्रेस भनौ नेपाली राजनीतिका बिलक्षण प्रतिभा हुन् । सभापति देउवाले नेपाली राजनीतिमा दिएको योगदानलाई कांग्रेस मात्र होइन कसैले भुल्दैन् ।
तर अहिले सभापति देउवाको राजनीतिमा लगाम लाग्ने र उनले राजनीतिमा दिएको योगदानमा दाग लाग्ने सम्भावना बढेर गएको छ । जसको कारण बन्न सक्छिन् सभापति देउवाकी पत्नी डा.आरजु । जसको पछिल्लो उदाहरणहरु मध्ये एक हो डा. आरजुमा देखीएका राजनीति पावरलाई क्यास गरेर आफनो स्वार्थ सिद्धी पुरा गर्ने देखी आर्थिक चलखेलमा सिधा खेल खेल्ने प्रवृति ।
यस्ता कुराहरुले डा.आरजु भौतीक रुपले सम्पन्न होलीन् । सत्ता र पावर प्रयोग गरेर डा.आरजु आफनो स्वार्थ त पूरा गर्लिन । तर डा. आरजुले एकपटक सोच्नुपर्छ कि आफनो स्वार्थ सिद्धिले गर्दा सभापति देउवाको राजनीति क्यारियर कस्तो असर पर्छ । पटक पटक देशको प्रधानमन्त्री भइसकेको त्यसमा पनि कांग्रेस जस्तो ठूलो दलको सभापति आज आफनै र आफन्तबाट प्रडातित भएका छन् ।
सुन्दा पनि अचम्म लाग्छ । तर डा. आरजुले आफना क्रियाकलापहरु माथि लगाम नलगाउने हो भने यसको असर सभापति देउवालाई पर्ने निस्चित छ । त्यसै माथि भनिए जस्तो डा.आरजुलाई राजनीति भन्दा बौद्धिक क्षेत्र नै धेरै फाप्छ । यदि डा.आरजुले बेलैमा नसोच्ने हो भने उनले पनि आफना पूर्खाहरुले जस्तो सत्ताबाट सदाको लागि बिमुख हुनुपर्ने दिन नआउला भन्न सकिंदैन् ।
जसका कारण डा. आरजुका पति एवं सभापति देउवाकोे यत्रो वर्षको राजनीतिक क्यारियर पनि माटोमा मिल्न सक्नेअवस्था आउन सक्छ । त्यसैले अहिले देशको अवस्था र डा.आरजुले आफना पूर्खाहरुको नियतिलाईे बुझ्ने हो भने डा. आरजुका लागि राजनीति अफाप सिद्ध सरह हो । डा. आरजुका कारण कांग्रेस पार्टीमा पनि बदनामी दाग नलाग्ला भन्न सकिंदैन् ।
देउवाको खुलेको चेत : प्रधानमन्त्री दाहालको राष्ट्रिय एकताको ढिंगोराले काम गरेन
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments