प्रस्वावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ स्थगित

- असार २०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाए पछि प्रस्वावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको शुक्रबारको लागि गर्ने भनिएको सुनुवाइ स्थगित भएको छ ।
प्रधानको बारेमा थप अनुसन्धान गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको सुनुवाइ समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए । बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो ।

आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । उनले प्रधानले आफूलाई यौन दुव्र्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् । प्रधानविरुद्ध त्यसबाहेक अरु उजुरीहरु पनि परेका थिए ।

यो पनि

प्रस्तावित निर्वाचन आयुक्त बिरुद्ध परेको पाँचवटै उजुरी यौन दुव्र्यवहारसँग सम्बन्धित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर