घातक हुन्छ आफ्नै उमेर सम्हालिन सकेन भने । बादक हुन्छ आफ्नै उमेर सम्हालिन सकेन भने

- भाद्र ८, २०८१ मा प्रकाशित



साहित्य लेखक भण्डारी रविन्द्र ज्यूका धेरै रचना हामिले हाम्रा पाठक सामु हरेक शनिवारको दिन प्रशारण गर्दै आएका छौ । उहाँको रचनाले एक सत्यताको उजागर गरेको पाईन्छ र कहिलेकाही सम्भावना र सभ्यताको पनि उजागर गर्दै समाजमा भएका विकृती र सँस्कारको पनि आफ्ना शब्दबाट पिडा र खुशि व्यक्त गर्दै आउनु भएको छ । उहाँको शव्दबाट सभ्य समाजको चित्रण गर्ने प्रयासलाई हामि सबैले share, like and follow गरीदिनु हुन्छ भन्ने आशा पनि राखेका छौ । धन्यवाद kasinmedia.com
भण्डारी रविन्द्र

दही छैन अब ठेकी मदानी कसरी चल्छ
उमेर छैन अब जवानी कसरी चल्छ
फर्किएर हेर्यो साह्रै रहर लाग्दा थिए दिन
अब बिगत फर्किएर काहाँनी कसरी चल्छ ।।

घातक हुन्छ आफ्नै उमेर सम्हालिन सकेन भने
बादक हुन्छ आफ्नै उमेर सम्हालिन सकेन भने
नशाले त दुई चार दिन मज्जैको आनन्द देला
मादक हुन्छ आफ्नै उमेर सम्हालिन सकेन भने ।।

मानिस आफ्नै घरमा पहिले दुलो बनाउँछ
आफ्नालाई पेलेर परचक्रिलाई ठुलो बनाउँछ
भाईको खेतमा एक थोपो पानी नजाओस
आफ्नै खेतमा मात्र पानी जाने कुलो बनाउँछ ।।

मानिसको जिवन नदिको तिरमा अन्त्य हुन्छ
माछाको जिवन फलामको झिरमा अन्त्य हुन्छ
दुईदिन हाँसेपनि फेरी तिनदिन पछि रुनुपर्ने
कती बोक्नु नयनमा आँसु पीरैपीरमा अन्त्य हुन्छ ।।
What’s your Reaction?
+1
1
+1
2
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर