मुक्तक : नहेर शंकाको दृष्टिले मन त्यसै जल्न सक्छ अनायासै हृदयमा हुरी बतास चल्न सक्छ ।।।
- भाद्र १५, २०८१ मा प्रकाशित
म त तिम्रो गाजलको कोश देखेर लठ्ठ परें
फर्याङ फुरुङ्ग चुलबुले जोस देखेर लठ्ठ परें
नशाले होकी जवानीको मात लाग्यो तिमीलाई
लोलाएका नयन सँगै मदहोस देखेर लठ्ठ परें ।।
यो यात्रा हो जिन्दगी कठिन मोड पनि आउन सक्छ
यो हिसाब हो जिन्दगी घटाउ जोड पनि आउन सक्छ
सहजै सहज हुन्थ्यो भने लेखिदैनथे दुःखका कहानी
मुना मदनका कहानी जस्तै बिछोड पनि आउन सक्छ ।।
नहेर शंकाको दृष्टिले मन त्यसै जल्न सक्छ
अनायासै हृदयमा हुरी बतास चल्न सक्छ
मायाँ रुपी प्रेमको बिरुवा हुर्काउँदै अनी बढाउँदै जाउँ
स्याहार गरौं दुबै मिली मिठो फल फल्न सक्छ ।।
शनीवारको छुट्टि थियो उनले भेटौं भनिन् मलाई
धेरै दिन भयो नभेटेको न्यास्रो मेटौं भनिन् मलाई
बस्दा बस्दै बातचित भए पुरै सोचमा डुबिन उनी
गोधूलि डुब्ने तरखर थियो डाँडो काटौं भनिन् मलाई ।।
What’s your Reaction?
+1
5
+1
4
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments