
धितो रकम पछाडी के जादू ? : जमीनको नाममा १ रोपनी १ आना – कहाँ बाट आयो २ करोेड ७९ लाख रुपैंया ?
- माघ २५, २०८१ मा प्रकाशित


नेता र राजनीतिको सम्वन्ध आफनै खालको हुन्छ । यी दुई बिचको सम्वन्धलाई कसैले पनि तोड्न सक्दैनन । यही सम्वन्धले कुनै नेताले आफनो भविष्य निर्माण गर्छन देशको लागि सोच्छन् त कोही भने आफूले खनेको खाल्डोमा आफै पर्छन् । राजनीतिको खाल्डोमा हाम फालेर त्यसलाई राम्ररी पुर्न नसकेका नेता थिए राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने । राजनीतिमा आएदेखी काण्डै काण्डको बिउ रोप्न सफल भएका लामिछानेलाई त्यही बिउ अहिले बिष सावित भएको छ । बिहिबार मात्र ५४ लाख धरौटीमा अदालतबाट रिहा भएका लामिछाने माथि अब आर्थिक प्रश्नहरु धेरै उब्जिन थालेको छ ।
लामिछानेले २०८१ वैशाख ४ गते उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण हेर्दा उनका नाममा भक्तपुर जिल्लामा १ रोपनी १ आना जग्गा रहेको उल्लेख छ । त्यो पनि उनले पैतृक सम्पत्तिका रूपमा देखाएका छन् ।तर चितवन, रुपन्देही, काठमाडौँ र कास्की जिल्ला अदालतमा लामिछाने चितवन जिल्ला अदालतमा ५४ लाख, रुपन्देहीमा १ करोड, काठमाडौँ जिल्ला अदालतमा ६० लाख र कास्की जिल्ला अदालतमा ६५ लाख रुपैयाँ गरी २ करोड ७९ लाख रकम धरौटीमा बुझाएर रिहा भएका छन् ।
आफनो नाममा १ रोपनी १ आना भएका लामिछानेले २ करोेड ७९ लाख रुपैंया कहाँ बाट ल्याए पनि अहिले चर्चाको बिषय भएको छ ।
जिल्लैपिच्छे यति धेरै रकम बुझाउने लामिछानेको सम्पत्ति विवरणचाहिँ कति छ ? भन्ने प्रश्न समेत उठ्न थालेको छ । लामिछाने राजनीतिमा आउनुअघिसम्म टेलिभिजन प्रस्तोता थिए । उनी २०७९ को निर्वाचनमा चितवनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । भएसँगै उनको राजनीतिक यात्राले पाइला चालेको थियो ।छोटो राजनीति यात्राको समयमा यति धेरै रकम
लामिछानेको साथमा कसरी आयो यो अर्को प्रश्न हो ।अहिले लामिछानेले तत्कालका लागि सहकारी काण्डबाट मुक्ती पाएका छन् । राजनीतिमा प्रवेश सँगै विभिन्न काण्डहरुको बिउ रोप्न सफल भएका सभापति लामिछानेले अदालतलाई बुझाएको धरौटीलाई लिएर प्रश्न माथि प्रश्न उठ्न थालेको छ ।

गोर्खा मिडिया माध्यमले विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने लामिछानेलाई यो भन्दा अगाडीको धितोको लागि प्रभु बैंकले बिना धितो केको आधारमा श्रृmण दियो त्यो कुराको अहिले बजार अहिले पनि सेलाएको छैन। लामिछानेलाई संरक्षण गर्ने प्रभु बैंकको सहकारी काण्डमा के कनेक्सन भन्ने कुराको अर्को पाटो बन्दै फेरी अर्को धितोको प्रश्न आएको छ ।
स्वच्छ राजनीति गर्ने देश र जनताको लागि गर्ने भन्ने दृढ उत्साहका साथ नेपाली राजनीतिको बजारमा उदाएको रास्वपा र सभापति लामिछाने अहिले गन्हाउन थालेका छन् ।नेपाली संचार जगतको पूर्व संचारकर्मी रहेका लामिछानेले जसरी टेलिभिजन कार्यक्रम मार्फत आफूलाई पपुलारिटीको बिन्दुमा पुर्याए र आफनो सोही पपुलारिटीलाई भजाउन थाले । जुन कुरा सोझा नेपालीहरुले चाँडै बुझ्न सकेनन् ।
तर अब बिस्तारै बुझ्न थालेका छन् । अहिले त काण्डै काण्डले गर्दा लामिछानेलाई जनताले पत्ताउन छोडेको अवस्थामा बैंकहरुले लामिछानेलाई माया गर्नुको पछाडी ठूलै आर्थिक चलखेलको खेलो भएको हो भन्दा फरक पर्दैन होल ।नेता भुइँबाट, शिक्षाबाट, चेतनाबाट, लोकतान्त्रिक संस्कारबाट, श्रमबाट, सपनाबाट, योजनाबाट, शिष्टशैलीबाट, सेवाबाट र इमानबाट जन्मिन्छ भन्ने अब त नेपालीले बुझिसकेका छन् । जस्तो कि लामिछाने गरेजस्तो स्टन्टबाज होइन ।
नेपाली राजनीतिका एक लहरले जसरी लामिछानेलाई बिश्वास गरेका थिए । त्यो पनि अब बिस्तारै हराउने स्थितीमा पुग्न थालेको छ ।लामिछानेले आफूमाथि लागेको आरोपबाट यो पनि बुझ्नु पर्छ नेपालको कानून भन्दा माथि केही छैन् । त्यसैले लामिछानेले यो नाटकको अन्त्य आफै गर्नु पर्छ । आम जनतालाई थाहा दिन सक्नुपर्छ कि यो धितो रकम पछाडीको चलखेलमा पछाडी के जादू छ ?
सम्वन्धित समाचार

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २६, २०८१ॐ गं गणपतये नमः – मङ्गलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी
-
चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
-
चैत्र २५, २०८१पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
-
चैत्र २५, २०८१मलाई के थाहा छ भने आदित्यजीले भारतमा हाम्रो दूतावासमा गएर मेरो हात छैन भन्नुभएको छ :सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय चैत्र २६, २०८१ॐ गं गणपतये नमः – मङ्गलबारको दिन माछा खाँदा आर्थिक नोक्सानी
-
लोकप्रिय चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
-
लोकप्रिय चैत्र २५, २०८१पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
-
लोकप्रिय चैत्र २५, २०८१मलाई के थाहा छ भने आदित्यजीले भारतमा हाम्रो दूतावासमा गएर मेरो हात छैन भन्नुभएको छ :सभापति देउवा
Comments