
बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे : प्रथम महिला शाक्य
- फाल्गुन १०, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । यहाँ आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरे ।
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताए । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन् ।
“न म साहित्यकार, न लेखिका तर मनमा लागेका कुरा लेख्ने गर्थे । त्यही सङ्कलन आज पुस्तकाकारमा आएको छ”, लेखिका शाक्यले भनिन , “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले केपी ओलीसँग करुणाले बिहे गरेँ ।”

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
-
चैत्र २५, २०८१पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
-
चैत्र २५, २०८१मलाई के थाहा छ भने आदित्यजीले भारतमा हाम्रो दूतावासमा गएर मेरो हात छैन भन्नुभएको छ :सभापति देउवा
-
चैत्र २५, २०८१महिला फुटबल टोलीकी गोलरक्षक अन्जना अब एपिएफ क्लबमा आवद्ध
लोकप्रिय
-
लोकप्रिय चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
-
लोकप्रिय चैत्र २५, २०८१पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
-
लोकप्रिय चैत्र २५, २०८१मलाई के थाहा छ भने आदित्यजीले भारतमा हाम्रो दूतावासमा गएर मेरो हात छैन भन्नुभएको छ :सभापति देउवा
-
लोकप्रिय चैत्र २५, २०८१महिला फुटबल टोलीकी गोलरक्षक अन्जना अब एपिएफ क्लबमा आवद्ध
Comments