
गुरुङको नेतृत्वमा लोकतान्त्रिक र गणतान्त्रिक रोजगार व्यवसायीहरुको प्यानल
- चैत्र १८, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमितिको आगामी निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चले आपसी सम्झौता साथ समूहको घोषणा गरेका छन् । एसोसिएसन नेपाली कांग्रेस र मञ्च नेकपा (माओवादी केन्द्र) निकट संस्था हुन् । संघको ३१औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन आगामी २९ चैतका लागि तोकिएको छ ।
सो प्यानलको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङ, प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रा. लि.का संचालक देवकुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रा. लि.का संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रा. लि.का संचालक महेशकुमार बस्नेत उम्मेदवार बनेका छन् ।
त्यस्तै, गणतान्त्रिक मञ्चका महासचिव रहेका आकृति रिक्रुटिङ प्रा. लि.का संचालक कुन्छा दोर्जे डिम्दोङ सचिव र कोषाध्यक्षमा शुभ हारती म्यानपावर प्रा. लि.का संचालक विक्रम श्रेष्ठ उम्मेदवार बनेका छन् । श्रेष्ठ संघको वर्तमान कार्यसमिति सदस्य हुन् ।
त्यस्तै, एच. आर. सोलुसन प्रा. लि.का संचालक भरत सापकोटा र रिजा ओभरसिज प्रा. लि.की संचालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्टेन्ट प्रा. लि.का संचालक कृष्ण ढकाल सदस्यका उम्मेदवार बनेका छन् ।२१ सदस्यीय संघको कार्यसमितिमा २ सदस्य मञ्चको सिफारिसमा मनोनयन गर्ने एसोसिएसनसँग लिखित सहमति भएको मञ्चका कार्यबाहक अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।
संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाटको सभापतित्वमा सम्पन्न उम्मेदवारी घोषणासभामा नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ प्रमुख अतिथि थिए । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुसासन समिति सभापति रामहरि खतिवडा, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङ, अब्दुल सतार, नैनसिंह महर, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालको पनि उपस्थिति थियो ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
-
चैत्र २५, २०८१पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
-
चैत्र २५, २०८१मलाई के थाहा छ भने आदित्यजीले भारतमा हाम्रो दूतावासमा गएर मेरो हात छैन भन्नुभएको छ :सभापति देउवा
-
चैत्र २५, २०८१महिला फुटबल टोलीकी गोलरक्षक अन्जना अब एपिएफ क्लबमा आवद्ध
लोकप्रिय
-
लोकप्रिय चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
-
लोकप्रिय चैत्र २५, २०८१पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
-
लोकप्रिय चैत्र २५, २०८१मलाई के थाहा छ भने आदित्यजीले भारतमा हाम्रो दूतावासमा गएर मेरो हात छैन भन्नुभएको छ :सभापति देउवा
-
लोकप्रिय चैत्र २५, २०८१महिला फुटबल टोलीकी गोलरक्षक अन्जना अब एपिएफ क्लबमा आवद्ध
Comments