•  २५ चैत्र २०८१, सोमबार

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सुझाव : विश्वको प्रदूषित शहरको पहिलो दर्जा दिल्लीलाई र दोस्रो दर्जा काठमाडौंलाई

- चैत्र २०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
विश्वकै दोस्रो वायु प्रदूषित सहर बनेको छ काठमाडौं । आइतबार विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौं बुधबार भने दोस्रो स्थानमा परेको हो ।विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको त्यस्तै दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।बुधबार भारतको नयाँदिल्ली विश्वकै प्रदुषित सूचिको पहिलो नम्बरमापरेको छ। त्यहाँको वायु गुणस्तर एक्युआइ २९४ मापन भएको छ।

भारतको नयाँदिल्ली

स्वीट्जरल्याण्डस्थित प्रदूषण मापन गर्ने संस्था आईक्यू एअरका अनुसार हिजो काठमाडौंको वायु गुणस्तर २४८ एक्युआई रहेकामा बुधबार बिहान २४९ मापन भएको छ।
२०१ देखि ३०० एक्यूआईले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढाउँछ ।

बिहानको समयमा वातावरण अत्यन्त अस्वस्थकर भएकाले मर्निङवाकमा ननिस्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञहरुले सुझाएका छन्। अत्यधिक वायू प्रदूषणको प्रभावले काठमाडौंको मौसम केही दिनदेखि धुम्मिएको छ। वर्षा नभइञ्जेलसम्म प्रदूषण हट्ने अवस्था छैन। तर तत्काल वर्षाको पनि सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर