
सेनाको सर्भरमा अनधिकृत पहुँच पु¥याउने वालिङका ढकाल प्रहरीको फन्दामा
- चैत्र २४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत स्याङ्जाको वालिङ नगरपालिका–१० का बस्ने २१ वर्षीय सागर ढकाल विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पु¥याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।
‘नेपाली सेनाले आफ्नो साइबर स्पेसमा कसैले अनधिकृत पहुँच पु¥याएको भन्दै दिएको सूचनाका आधारमा अनुसन्धान थालेका थियौं’, अर्यालले भने, ‘त्यसक्रममा प्रविधिक विश्लेषण र ह्युमन इन्टलिजेन्सका आधारमा यस कार्यमा संलग्न व्यक्तिलाई घरबाटै पक्राउ गरेर ल्याएका छौं ।’
प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पु¥याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन । ‘यसबारे विस्तृत अनुसन्धान बल्ल सुरु भएको छ’, एसएसपी अर्याल भन्छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ३, २०८२एकै घरका विजय र पवन नारायणी नदीमा बेपत्ता : खोजी कार्य जारी
-
बैशाख ३, २०८२छैन विधालय : शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् , बच्चा पढाउन भारत जानुपर्ने बाध्यता
-
बैशाख ३, २०८२९ महिनामा १ खर्ब २४ अर्ब राजस्व सङ्कलन
-
बैशाख ३, २०८२बुधबारको बजारमा विदेशी मुद्राहरु(दररेट सहित)
लोकप्रिय
-
लोकप्रिय बैशाख ३, २०८२एकै घरका विजय र पवन नारायणी नदीमा बेपत्ता : खोजी कार्य जारी
-
लोकप्रिय बैशाख ३, २०८२छैन विधालय : शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् , बच्चा पढाउन भारत जानुपर्ने बाध्यता
-
लोकप्रिय बैशाख ३, २०८२९ महिनामा १ खर्ब २४ अर्ब राजस्व सङ्कलन
-
लोकप्रिय बैशाख ३, २०८२बुधबारको बजारमा विदेशी मुद्राहरु(दररेट सहित)
Comments