
शक्तिको आडमा बनेका संरचनाले वरपरका बस्तीहरू जोखिममा
- चैत्र २७, २०७९ मा प्रकाशित

कासिन न्यूज,
ललितपुर ।
चौधरी ग्रुप (सिजी) सहितका चार वटा कम्पनीहरू मिलेर पुरानो होटल समिट रहेकै स्थानमा मल्टी पर्पोजको अपार्टमेन्ट बनाउने योजना अघि सारेको छ । कूल १९ रोपनी क्षेत्रफलमा हाउजिङका लागि ७ सय करोड अर्थात् ७ अर्ब रुपैयाँको लागतमा बन्न लागेको हो ।
अहिले सो क्षेत्रका बासिन्दा र व्यवसायी त्रासमा छन् । वरपरका केही घरहरू पूर्ण रूपमा प्रभावित भएका छन् । अन्य घरहरूमा समेत समस्या देखा परेको छ । स्थानीयवासीले आफ्ना घर र होटलका गेष्टहरूले होटल छाड्न बाध्य भएका छन् ।
कुपण्डोलस्थित ग्रिनवीच होटलको केही भाग चर्केको र भासिएकाले व्यवसाय धराशायीमा परेको छ । शनिबार बिहान २ बजे होटलको संरचनामा क्षति पुगेको थियो ।


रातारात होटलमा राखिएको गेष्टलाई स्थानान्तरण गरियो । होटलमा ४० वटा कोठाहरू छन् । अहिले होटलमा रहेका गेष्टलाई बाहिर लगेर राखिएको छ ।
होटलमा कार्यरत करिब ९० जना कर्मचारी बेरोजगारी बन्ने अवस्थामा पुगेका छन् । ‘दैनिक ६ लाखसम्मको कारोबार हुने ठाउँमा अहिले सुनसान जस्तो भएको छ। ’व्यापारिक प्रयोजनका लागि बनाइएको भवनले चालु अवस्थामा रहेको व्यापारलाई ठूलो असर गरेको छ ।’
प्रमुख स्टेकहोल्डर चौधरी ग्रुपको लगानीमा बनेको होटलसहितको हाउजिङ नक्सा स्वीकृति तथा बिनानक्सा पास गरी बनाइएको संरचनाको निर्माण कार्य तत्काल रोक्न ललितपुर महानगरपालिकाले होटल समिटलाई निर्देशन दिएको छ ।
घटनापछि आइतबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको रोहबरमा जिल्ला प्रशासन अधिकृत (सिडिओ), वडा नं.१ र २ का वडाध्यक्ष (घटना घटको क्षेत्र), होटल समिट र पीडित पक्षबीच सर्वपक्षीय छलफल वार्ता बसेको छ । उक्त बैठकले तत्काल राहत तथा पुनर्स्थापनाको कार्यलाई अघि बढाउने निर्णय गर्दै पीडकको पक्षबाट १ करोड रुपैयाँको ‘¥यापिड रिलिफ फण्ड’ स्थापना गर्ने निर्णय गरेको छ ।
समग्र घटनाको छानबिन, समस्याको सहजीकरण र सुझाव समेत दिने गरी ललितपुर महानगरपालिकाको उपमेयरको संयोजकत्वमा १० सदस्यीय प्रभावित व्यक्तिहरूको समस्या तत्काल समाधान सम्बोधन गर्न सहजीकरण अगुवाइ गर्ने अधिकार सम्पन्न समिति गठन गरेको छ । यहीँ समितिले तत्काल पीडितहरूको समस्यालाई अध्ययन गरी उचित राहत तथा पुनर्स्थापना काम गर्नेछ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
-
बैशाख २, २०८२त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा केसीलाई
-
बैशाख २, २०८२नेप्सेमा २७ अङ्कको वृद्धि : ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ बराबरको कारोबार
-
बैशाख २, २०८२धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरु तीव्र गतिमा भरिने क्रममा
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
-
लोकप्रिय बैशाख २, २०८२त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा केसीलाई
-
लोकप्रिय बैशाख २, २०८२नेप्सेमा २७ अङ्कको वृद्धि : ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ बराबरको कारोबार
-
लोकप्रिय बैशाख २, २०८२धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरु तीव्र गतिमा भरिने क्रममा
Comments