
हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको छ – एसपी राठौर
- चैत्र २८, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
कुनै बेलाको प्रख्यात डन अर्थात गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन एक सहयोगी ‘एके ४७’ हतियारसहित पक्राउ परेका छन् । चक्रे मिलन नेपालगंज गएको बेला उनलाई स्कर्टिंग गर्ने क्रममा चक्रेका सहयोगीले ‘एके ४७’ हतियारसहित स्कर्टिंग गरेका थिए ।
जुन दृष्य सामाजिक सञ्जालमा भाइरल भएसँगै चक्रेका सहयोग पक्राउ परेका हुन् । चक्रेका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरका अनुसार उनको साथमा रहेको घातक हतियार समेत बरामद गरिएको छ । प्रहरीका अनुसार उनले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । उनले सो हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित उनलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको स्रोतको भनाइ छ ।
चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइकेमध्येमा पर्छन् । २०६२/०६३ को जनआन्दोलनपछि ठमेलमा दीपक मनाङे, महाराजगञ्जमा चक्रे मिलन र चाबहिलमा राजु गोर्खालीको पकड थियो ।
दीपक मनाङेमार्फत रेस्टुराँको बाउन्सर हुँदै ठेक्कापट्टामा लागेर गुण्डागर्दीमा छिरेका गणेश लामाको समूहले २०६१ सालमा पानीपोखरीको चुफाङ रेष्टुराँमा चक्रे मिलनको हात छिनाइदिएको थियो । पछिल्लो दशकमा प्रहरीले गुण्डागर्दीमा संलग्नविरुद्ध आक्रामक नीति लिएसँगै उनीहरुले राजनीतिक आड लिन पुगेका थिए ।
मनाङे त गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएर मन्त्री समेत बनिसकेका छन् । गणेश लामा सत्तारुद्ध नेपाली कांग्रेसमा छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ३, २०८२छैन विधालय : शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् , बच्चा पढाउन भारत जानुपर्ने बाध्यता
-
बैशाख ३, २०८२९ महिनामा १ खर्ब २४ अर्ब राजस्व सङ्कलन
-
बैशाख ३, २०८२बुधबारको बजारमा विदेशी मुद्राहरु(दररेट सहित)
-
बैशाख ३, २०८२बजारमा देखीएको परिवर्तनका कारण उपभोक्ताहरु मारमा (निर्धारित रेट सहित)
लोकप्रिय
-
लोकप्रिय बैशाख ३, २०८२छैन विधालय : शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् , बच्चा पढाउन भारत जानुपर्ने बाध्यता
-
लोकप्रिय बैशाख ३, २०८२९ महिनामा १ खर्ब २४ अर्ब राजस्व सङ्कलन
-
लोकप्रिय बैशाख ३, २०८२बुधबारको बजारमा विदेशी मुद्राहरु(दररेट सहित)
-
लोकप्रिय बैशाख ३, २०८२बजारमा देखीएको परिवर्तनका कारण उपभोक्ताहरु मारमा (निर्धारित रेट सहित)
Comments