
ट्राफिक प्रहरीलाई प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका सवारी साधनहरु धनीलाई बुझाइयो
- चैत्र १७, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २२ वटा मोटरसाइकल खोजी गरी धनीलाई हस्तान्तरण गरेको छ।
शुक्रबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा कार्यक्रम गरी १६ वटा मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए। यो आर्थिक वर्षको
सुरुवातदेखि हालसम्म सवारीसाधन हराएको भनी १ हजार २८९ वटा उजुरी ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए। प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३८७ वटा सवारीसाधन माथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो।
तीमध्ये आजको २२ वटासहित ३६० वटा दुई पाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले धनीको जिम्मा लगाइसकेको छ।
उनले लाखौँ रकम तिरेर खरिद गरेको सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरन जडान गरेमा सवारीसाधन चोरी हुनबाट जोगाउन सकिने पनि बताए।

सम्बन्धित खवर
ट्रेन्डिङ
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
-
लोकप्रिय बैशाख २, २०८२रामपाललाई सोफामा बसाउँदै प्रधानमन्त्री मोदीले नयाँ जुत्ता लगाईदिए
-
लोकप्रिय बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
Comments