
लोडेड पेस्तोल त्यसरी बोकेर पारिवारिक जमघटमा जानुमा गम्भीर लापरबाही – अनुसन्धानमा लागेका प्रहरी
- बैशाख २, २०८० मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा प्रकाश पुन मगरले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका एक उच्च अधिकृतले बताए । ‘दुर्घटनावश गोली चलेको हो’, उनले भनाइ उदृत गर्दै ती प्रहरी अधिकृतले भने ।
शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यसक्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले कासिन न्यूजलाई बताए ।
घटनाबारे प्रहरीलाई मध्यराति १ बजे मात्रै खबर आएको थियो । त्यतिञ्जेल प्रकाश त्यहाँबाट भागिसकेका थिए । बिहान उनको कोठाबाट नियन्त्रणमा लिइएको एआईजी ज्ञवाली बताउँछन् ।
पक्राउ परेपछि गरिएको सोधपुछका क्रममा उनले दुर्घटनावश गोली पड्किएको दाबी गरेका छन् । तर, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने उनले किन लोडेड हतियार त्यसरी बोकेका थिए भन्ने खुलेको छैन ।
‘लोडेड पेस्तोल त्यसरी बोकेर पारिवारिक जमघटमा जानुमा गम्भीर लापरबाही देखिन्छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘हालसम्मको अनुसन्धानले गोली चलाउनु पछाडिको अरु कारण देखाएको छैन ।’
हवल्दार प्रकाशले नेता पुनको आमालाई हजुरआमा भन्दै सम्बोधन गर्थे । पुनका भाइका साथीसमेत हुन्, उनी । रोल्पामा उनी छिमेकी समेत भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसैले उनको नेता पुनकी आमा बसेको घरमा आउजाउ भइराख्थ्यो ।
‘नियत थियो थिएन अर्को पाटो हो, प्रहरीको हतियारबाट त्यसरी गोली चल्नु नै गम्भीर हो’, एक प्रहरी उच्च अधिकृत भन्छन्, ‘छानबिन समिति गठन गरेर यस विषयमा विस्तृत अनुसन्धान हुन्छ ।’

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ३, २०८२बजारमा देखीएको परिवर्तनका कारण उपभोक्ताहरु मारमा (निर्धारित रेट सहित)
-
बैशाख ३, २०८२बिहीबार सम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
-
बैशाख ३, २०८२‘बुध’ ग्रहको लागि समर्पित बार
-
बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
लोकप्रिय
-
लोकप्रिय बैशाख ३, २०८२बजारमा देखीएको परिवर्तनका कारण उपभोक्ताहरु मारमा (निर्धारित रेट सहित)
-
लोकप्रिय बैशाख ३, २०८२बिहीबार सम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
-
लोकप्रिय बैशाख ३, २०८२‘बुध’ ग्रहको लागि समर्पित बार
-
लोकप्रिय बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
Comments