तानाशाहको झल्को दिंदै प्रधानमन्त्री ओली : राम्रो होइन हाम्रो निति
- चैत्र १३, २०८१ मा प्रकाशित
१३,चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा नागरिक समक्ष धेरै चहलपहल हुन् थालेपछि भस्किएका छन् ।समय छदैं घिसिङलाई हटाउने कार्य गरेका प्रधानमन्त्री ओलीको अहिले हरेक क्षेत्रबाट बिरोधका भावहरु आइरहेका छन् ।वाक कलाले जनतालाई मख्ख पार्ने स्वभाव भएका प्रधानमन्त्री ओली नेतृत्व सरकारको हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
सबैभन्दा ठूलो दल भएर पनि आफूलाई सानो देखाउने खेलोमा लागेको नेपालको भिमकाय दल नेपाली कांग्रेसका नेताहरु घिसिङ काण्डमा चुक्क पनि बोल्न सकेका छैनन । सत्ताको वरिपरि मडारिने रोगले ग्रस्त भएका कांग्रेसका नेताहरुमा जति बुद्धिमता भएपनि घिसिङ काण्डमा एक शब्द नबोल्नुले कांग्रेसले निकट भविष्यमा झेल्ने कठिनाईलाई पनि पुष्टि गर्छ ।
एकातिर देशमा राजावादीहरुको खेल सुरु भइसकेको छ । घिसिङ काण्डले राजावादीहरुको खेलमा साथ नदेला पनि भन्न सकिदैन । प्रधानमन्त्री ओलीलाई यस्ता कुराहरु नभएको पक्कै पनि होइन । तर तानाशाह मानसिकताले ग्रस्त भएका प्रधानमन्त्री ओलीले यसको परिणाम नराम्रो सँग झेल्ने छन् ।उक्त निर्णयप्रति आक्रोश पोख्दै सञ्जालदेखि सडकसम्म विरोध सुरु भएको छ ।त्यसतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरू तिललाई पहाड बनाउनेगरी लागेको टिप्पणी गरे ।

‘तिलको पहाड बनाएका छन् । पहिला–पहिला तिलका पहाड बनायो भन्थे । तिललाई नै पहाड बनाउने चलन छ । त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् ।’
उनले हिजैबाट केही व्यक्तिहरू वक्तव्यबाजी गर्न थालेको भन्दै त्यसलाई ‘त्यान्द्रो’ को संज्ञा दिएका छन् । ‘के पायौं के पायौं, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको । यही त्यान्द्रो हो । यही डोरीलाई नाग बनाउनुपर्छ भनेर कुदेका छन् । कोही के भनेर कुदेका छन् । केही अर्थ छैन,’ प्रधानमन्त्री ओलीले भने ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न पनि गरे ।सोही प्रसंगमा उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्नेबित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गरे ।
‘उहाँ (कुलमान) ले उज्यालो ल्याउनुभयो भनेर व्याख्या गर्नुभएछ । अघिल्लो ४ वर्षको कार्यकाल पूरै त्यहीँ काम गर्नुभएको हो,’ ओलीले भने, ‘त्यसबेला ल्याउनुभएको थियो की उहाँ (प्रचण्ड) ले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो की ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई जादु, चमत्कारको रुपमा व्याख्या गर्ने । कोही पनि साथीहरूलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।
तर जसरी प्रधानमन्त्री ओलीले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरे । त्यो राज्यको लागि मात्र सम्पूर्ण जनहरुको बिरुद्ध लादिएको तानाशाह प्रवृति हो । हरेक क्षेत्रबाट बिरोधका भावहरु आइरहँदा पनि आफूलाई सर्वमान्य भन्न नहिचकिचाउने व्यहोरा भएका प्रधानमन्त्री ओलीं राज्य र जनता भन्दा पनि आफैलाई सर्वमान्य ठान्न थालेका छन् । जसको सुरुवात घिसिङबाट गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments