•  २५ चैत्र २०८१, सोमबार

नेविसंघका जोशी, अखिलका भट्ट र क्रान्तिकारीका दाहाल बिच प्रतिस्पर्धा हुँदै

- चैत्र १८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले बिहान ८ बजेपछि मतदान सुरु भएको जानकारी दिएका छन् ।

चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो । लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको थियो ।

यसपटक त्रिविमा दलका विद्यार्थी संगठनका साथै स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेविसंघबाट दीपक जोशी, अखिलबाट सिद्धान्त भट्ट, , अखिल क्रान्तिकारीबाट प्रवीन दाहालका साथै पद्मा भुसाल र उज्ज्वल खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।इल्क्ट्रोनिक मतदान भइरहेको त्रिवि विश्वविद्यालय क्याम्पसमा ६ हजार मतदाता रहेका छन् । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर