•  २४ चैत्र २०८१, आईतवार

एसोसिएसनका असन्तुष्ट पक्ष कांग्रेस सभापति देउवा निवासमा

- चैत्र २०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्षले मंगलबार नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति स्पष्ट गरी संघको निर्वाचनका लागि प्रतिनिधि पठाउन माग गरेको छ ।

बूढानीलकण्ठस्थित देउवा निवासमा भेटेको सो पक्षले माओवादीसँग हाललाई सहकार्य नगर्ने पार्टीको नीतिविपरीत पार्टीका उपसभापति र केही नेताहरूलाई उपस्थित गराएर नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेल गरिएको भन्दै आधिकारिक दृष्टिकोण सार्वजनिक हुनुपर्ने माग गरेको छ ।

व्यवसायीसँगको छलफलपछि सभापति देउवाले स्वकीय सचिव भानु देउवामार्फत उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकलाई फोन गरी समस्याको समाधानका लागि निर्देशन दिएका थिए ।उपसभापति खड्का आफू बिरामी रहेकाले केही अपडेट नरहेको बताएपछि असन्तुष्ट खेमाको नेतृत्व गरेका पूर्वअध्यक्ष विमलप्रसाद ढकाल, प्रज्ञान न्यौपाने र कुमुद खनाललगायत करिब एक दर्जन व्यवसायीले दिउँसो गृहमन्त्री लेखकलाई भेटेका थिए ।

भेटमा गृहमन्त्री लेखकले सहमतिमा नेतृत्व चयन गर्ने समितिमा नै विगतको निर्वाचन रोकिएको भन्दै प्रगतिशील मञ्चसँग छलफल गरेर जान सुझाव दिएका थिए ।गृहमन्त्री लेखकले त्यस विषयमा एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालसँग पनि छलफल गरेको बताएका छन् । गृहमन्त्री लेखकको सुझावपछि एसोसिएसनका असन्तुष्ट पक्ष तथा मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेल र संघका अध्यक्ष राजेन्द्र भण्डारीबीच छलफल भएको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर