
कोदालोको पासाले टाउकोमा हानी श्रीमानको हत्या
- चैत्र १५, २०७९ मा प्रकाशित

कासिन न्यूज,
दाङ ।
दाङको बंगलाचुली गाउँपालिकाको २ मर्पेस निवासी ३५ वर्षीय रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिएका छन् ।
हत्यामा संलग्न आमा छोरालाई प्रहरीले पक्राउ गरिएको छ। हत्या आरोपमा मृतक सुनारका १७ वर्षीय छोरा शिवराज सुनार र ३६ वर्षीया श्रीमती चन्द्रा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी राजन कुमार गौतमले बताए ।
मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको उनले बताए। घटना मंगलबार साँझ करिब ७ बजेतिर भएको हो। मदिरा सेवन गरेको अवस्थामा श्रीमान–श्रीमतीबिच विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।
मृतकको शबलाई पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२रामपाललाई सोफामा बसाउँदै प्रधानमन्त्री मोदीले नयाँ जुत्ता लगाईदिए
-
बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
-
बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२रामपाललाई सोफामा बसाउँदै प्रधानमन्त्री मोदीले नयाँ जुत्ता लगाईदिए
-
लोकप्रिय बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
Comments