•  २४ मंसिर २०८१, सोमबार

काठमाडौं महानगरको साक्षरता ९५ दशमलव ५ प्रतिशत

- भाद्र २८, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव ५ प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या ८ लाख ६२ हजार ४ सय रहेको बताएको छ ।

आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो । गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु. १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।

काठमाडौंका स्थानीय तह, प्रदेश तथा स¬ङ्घीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा रु. १ अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर