
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
- आश्विन २२, २०८१ मा प्रकाशित

कासिन न्यूज, काठमाडौं ।
रसुवा – हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ ।
रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड आसपास क्षेत्रमा मृत्यु भएको हो । नेपाली सेनाको श्रीनाथ गण र जिल्लास्थित नेपाल प्रहरीको सहयोगमा शव गोसाइँकुण्ड ल्याई आज बिहान हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाइएको छ ।
रियल हिमालय ट्रेकिङ कार्यालयको अनुरोध तथा जिल्लास्थित सुरक्षा निकायको सहयोगमा शव काठमाडौँ ल्याएको एयर डाइनेष्टीका उडान प्रबन्धक विवेक अधिकारीले जानकारी दिनुभयो । थप अनुसन्धानका लागि स्थलगत रूपमा जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रहरी प्रमुख भट्टराईले लेक लागेर वा अन्य कारणले निधन भएको हो भन्ने विषयमा शव परीक्षण प्रतिवेदनपछि मात्र थाहा हुने बताउनुभयो ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
लोकप्रिय बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
लोकप्रिय बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
लोकप्रिय बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
Comments