
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
- आश्विन ३०, २०८१ मा प्रकाशित

कासिन न्यूज, काठमाडौं ।
देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइ सकेका छन् ।
डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म ३ हजार १ सय ३ जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा २ हजार ८ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा २ हजार १ सय ७, पर्वतमा १ हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहुन्छ,“पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।”
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा पुन भन्नुहुन्छ, “झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
लोकप्रिय बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
लोकप्रिय बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
लोकप्रिय बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
Comments