
चक्रवात दानाको त्रासले १० लाखभन्दा बढी भारतीय सुरक्षित स्थानतर्फ जादैँ
- कार्तिक ८, २०८१ मा प्रकाशित

कासिन न्यूज, काठमाडौं ।
भारतको पूर्वी तटमा कम्तिमा १० लाख भन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् ।
चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले बताएको छ । मौसम ब्यूरोले हावाको गति १२० किलोमिटर प्रति घन्टाको गतीमा पुग्ने अनुमान गरेको छ । चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द हुने जनाइएको छ ।
शुक्रबार बिहान धामरा बन्दरगाह नजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बङ्गालादेशलाई समेत असर गर्ने अनुमान गरिएको छ ।
चक्रवातका कारण आएका छालहरूले तटीय क्षेत्रहरू डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा २ मिटर माथि बढ्ने पूर्वानुमान गरिएको छ ।
ओडिसा राज्यका स्वास्थ्य मन्त्री मुकेश महालिङले तटीय क्षेत्रहरूबाट करिब १० लाख मानिसहरूलाई चक्रवातबाट सुरक्षित स्थानहरूमा सारिएको बताउनु भएको छ ।
छिमेकी पश्चिम बङ्गाल राज्यका सरकारी मन्त्री बङ्किम चन्द्र हजाराले अहिलेसम्म १ लाख भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताउनु भएको छ । उहाँले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसायहरू बन्द गर्न आदेश दिइएको तथा पर्यटकहरूलाई उक्त स्थान छोड्न आग्रह गरिएको जनाउनु भएको छ ।
कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको भारी हावा र वर्षा का कारण बिहीबार राति उडानहरू स्थगित गरिने बताउनु भएको छ ।
भुवनेश्वर सहरको विमानस्थलले पनि उक्त समयमा उडानहरु बन्द गर्ने जनाएको छ भने कयौं रेलसेवाहरु स्थगित गरिएका छन् ।
बङ्गलादेशका विपद् मन्त्री फारुक–ए–आजमले उद्धार अधिकारीहरू “उच्च सतर्कता“ का साथ बसेको बताउदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताउनु भएको छ ।
वैज्ञानिकहरूका अनुसार जीवाश्म ईन्धनहरू जलाइए उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
लोकप्रिय बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
लोकप्रिय बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
लोकप्रिय बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
Comments