
नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा फोहर व्यबस्थापनमा कठिन
- कार्तिक १४, २०८१ मा प्रकाशित

कासिन न्यूज, काठमाडौं ।
नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । दैनिक लगिने फोहर निकै बढेको छ ।
यसअघि उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जनमा २ सय गाडी प्रयोग हुँदै आएकामा असोज १२ को वर्षापछि दैनिक ३ सय गाडी उपयोग हुँदै आएका छन् । हाल दैनिक रूपमा १ हजार ६ सय मेट्रिक टन फोहर व्यवस्थापन भइरहेको छ ।
साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहर उक्त स्थान भरिएपछि विगत २ वर्षदेखि अन्तिम फोहर व्यवस्थापनस्थलका रुपमा बञ्चरेडाँडालाई गरिँदै आएको छ । यसरी उपत्यकामा उत्पादन भएको सबै फोहर व्यवस्थापन गर्दा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमा नै फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।
“पुनः प्रयोग गर्न सकिने फोहर पनि बञ्चरेडाँडामै पुगेको छ । कुहिएर मल हुने कच्चा पदार्थ पनि त्यही लगिन्छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहर बनाएर बञ्चरेडाँडामा नै लगिएको छ । यसलाई रोक्न सकेमात्र पनि बञ्चरेडाँडाको आयु बढाउन सकिन्छ”, वातावरण प्रमुख सरिता राई बताउनुहुन्छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
लोकप्रिय बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
लोकप्रिय बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
लोकप्रिय बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
Comments