•  २ बैशाख २०८२, मंगलवार

चिकित्सकहरुको अपमान हुने खालको सिफारिस २४ घण्टाभित्र सच्याउन माग

- माघ १५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीद्वारा संयुक्त रुपमा गरिएको भनिएको सारा नेपाली चिकित्सकहरुको अपमान हुने खालको सिफारिस २४ घण्टाभित्र सच्याइ सम्पूर्ण इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सरकारी सरह कायम गर्न र सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णतया शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिँदै आवासीय चिकित्सकहरूले २४ घण्टाभित्र इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न माग गरेका छन् ।

अन्यथा अत्यावश्यकबाहेक सम्पूर्ण सेवाहरू बहिस्कार गर्ने बताएका छन् । विज्ञप्ति प्रकाशित गर्दै चिकित्सकहरुले , ‘यदि त्यसो नगरेको खण्डमा २४ घण्टापछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बहिष्कार गर्ने चेतावनी दिन्छौं।’

समितिका संयोजक डा. शेषराज घिमिरेले समितिसँग विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने जानकारी घिमिरे बिज्ञप्ती मार्फत दिएका छन् ।

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर