
महिला स्वास्थ्य : पाठेघरका बिरामीलाई नि:शुल्क उपचार
- माघ २९, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को क्रम जारी राखेको छ । विदेश रहेका नेपालीहरुलाई मध्यनजर गरि नगरपालिका मातहतको अन्तराष्ट्रिय विभाग गठन गरेको नगरपालिकाले अहिले महिला लक्षित स्वास्थ्यलाई मध्यनजर गरि कार्यक्रम अगाडी ल्याएको छ ।विभिन्न समस्या स्वास्थ्य क्षेत्रमा खर्च गर्न नसक्ने कमजोर आर्थिक परिवारका महिलाहरुलाई लक्षित गरेर नगरपालिकाले पाठेघर उपचारको कार्यक्रम ल्याएको बताउँछन् मेयर दिपक रिसाल ।
किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका नेपाल खोप अभियान सञ्चालन भै रहेको छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ योजना अगाडी बढिरहेको स्वास्थ्य क्षेत्रमा गोर्कणेश्वर नगरपालिका निशुल्क पाठेघर योजना ल्याएर अर्को पहलकदमी कार्य गरेको बताउँछ स्थानियबासीन्दाहरु ।
नगरपालिकाले ३ वर्ष यता १५ हजार जनालाई स्वास्थ्य सुविधा दिइसकेको बताउँछन् मेयर रिसाल । नगरपालिकाको आर्र्थिक सहयोगमा आम्दा नेपाल र गृहणी महिला संघ नेपालले नगरपालिका भित्रका सबै क्षेत्रमा घुमेर सेवा दिइरहेको पनि मेयर रिसालले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलोमा भाइरस सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
लोकप्रिय बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
लोकप्रिय बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
लोकप्रिय बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
Comments