
उपकुलपति नियुक्तिको लागि काठमाडौं विश्वविद्यालय प्रध्यापक संघ आन्दोलनमा
- फाल्गुन १९, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपति सिफारिसका लागि दबाब दिन आन्दोलन घोषणा गरेको छ। संघले विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेको हो।संघले काठमाडौं विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति हुनु अनिवार्य देखिएको पनि जनाएको छ। ‘काठमाडौं
विश्वविद्यालय सरकारको पूर्ण अनुदानमा सञ्चालन नभई आफ्नै स्रोत साधनबाट आर्थिक व्यवस्थापन गर्दै आत्मनिर्भर हुनेगरी सञ्चालित विश्वविद्यालय हो,’विज्ञप्तिमा भनिएको छ,‘यस अवस्थामा, विश्वविद्यालयलाई दिगो रूपमा सञ्चालन गर्न क्षमतावान नेतृत्व अपरिहार्य छ। तर, २०८१ माघ ६ गतेबाट उपकुलपति पद रिक्त रहेको र उपकुलपतिको मातहतमा रहने कार्यकारी परिषद् पनि निष्क्रिय हुने हुँदा विश्वविद्यालयका नियमित शैक्षिक गतिविधिहरू यथावत् रहे पनि दीर्घकालीन रूपमा गम्भीर असर पर्न सक्ने देखिएको छ।’
संघका अनुसार यसै सन्दर्भमा २०८१ फाल्गुण १८ गते प्रकाशित विज्ञप्तिमार्फत काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले तीन दिन भित्र आवश्यक प्रक्रिया टुङ्ग्याई उच्च प्राज्ञिक क्षमता भएको व्यक्तिलाई नयाँ उपकुलपति नियुक्त गर्न सार्वजनिक अपिल गरेको थियौँ।
‘तथापि आजको मितिसम्म पनि नयाँ उपकुलपति नियुक्त नभएकाले यस प्राध्यापक संघ सात दिनका लागि पहिलो चरणमा शान्तिपूर्ण दबाब कार्यक्रमसहित आन्दोलनको घोषणा गर्दछ, यदि यस सात दिने अवधिमा पनि विश्वविद्यालयको नयाँ उपकुलपति खोज तथा सिफारिस समितिबाट छनोट प्रक्रिया टुंगोमा नपुगेमा तत्काल आवश्यक पहल गरी उपयुक्त निर्णय लिन सम्माननीय कुलपति तथा सहकुलपतिसमक्ष हार्दिक अपिल गर्दछौं ।
यस समयसीमा भित्र पनि उपकुलपति नियुक्त नभएमा प्राध्यापक संघ अर्को चरणको दबाबमूलक आन्दोलन घोषणा गर्न बाध्य हुनेछ,’विज्ञप्तिमा उल्लेख छ।
सिफारिस समितिले छनोटको प्रक्रिया सकिएर पनि समितिका सदस्यहरूबीच कसको नाम सिफारिस गर्ने भन्नेमा मतभेद देखिएपछि हालसम्म सिफारिस हुन सकेको छैन।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
लोकप्रिय बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
लोकप्रिय बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
लोकप्रिय बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
Comments