
कांग्रेस निकट अधिकारी प्याब्सनको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन
- फाल्गुन २६, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन्।काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
प्याब्सनको अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए। उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो। तर विवाद बढेपछि पुरी पछि हटेका थिए। स्याङ्जाका अधिकारी कांग्रेस निकट हुन्। उनी भ्याली पब्लिक स्कुलका सञ्चालक हुन्।
प्याब्सनको अधिवेशन सोमबार उद्घाटन हुने भएको छ। मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अन्य पदाधिकारीमा पनि सर्वसम्मतको प्रयास भइरहेको जनाइएको छ।
सम्वन्धित समाचार
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२संगठित रूपमा तोडफोड, हिंसा र आगजनी गरेको भन्दै मिश्र र राणा बिरुद्ध संगठित अपराधमा अनुसन्धान गरिंदै
-
लोकप्रिय बैशाख २, २०८२सबै शाखा प्रमुखहरूलाइ एउटै राउण्ड टेबलमा बसेर सेवा प्रदान गर्ने नयाँ कार्य प्रणालीको थालनी
-
लोकप्रिय बैशाख २, २०८२प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
-
लोकप्रिय बैशाख २, २०८२पत्रकार तथा लेखक श्रेष्ठद्वारा लिखित ‘पशुपतिनाथ, बौद्ध, चावहिल’ बुकलेट विमोचित
Comments