•  २३ चैत्र २०८१, शनिबार

अटिजमलाई कसरी चिन्ने ? : रोगप्रति सचेतना फैलाउन विविधि कार्यक्रम

- चैत्र २०, २०८१ मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

अटिजम स्नायू र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपांगता हो । यो जन्मजात हुने नशा र तन्तुको विकासको क्रममा आएको असमानताको रुप हो । अटिजमलाई हामी न्यूरो डेभलप्मेन्ट डिसअर्डर” भनेर पनि चिन्दछौं ।

अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुनसञ्चारको बिचलनकल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाईखेलहरु खेल्न नजान्ने जस्ता समस्याहरु देखापर्छन । यी तीन मूल समस्या हरेक अटिजम भएका व्यक्तीहरुमा देखा पर्छन् । साथै उनीहरुमा रहने इन्द्रियहरुको उताचढावको फलस्वरुप अटिजम भएका व्यक्तीले आफूसँगको वातावरणव्यक्ती र बस्तुप्रति भिन्दै प्रतिक्रिया देखाउँछ जुन अस्वीकृत र असमानरुपमा देखा पर्छ ।

अटिजमको प्रसार बढ्दो छहरेक ८८ जनामध्ये एक बालबालिकामा देखा पर्ने अटिजमको निदान हुने प्रमाणित भएको छ । अटिजम एउटा रोग नभएर मस्तिष्कको विशेष अवस्था हो । अनुसन्धानको क्रममा यससँग सम्बन्धित धेरै पक्षले नौलो मोड लिएको छ ।

बालबालिका जन्मेर लगभव साढे दुई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । शारीरिक रुपमा धेरै जसो स्फुर्त देखिने यी बालबालिकाको भाषाा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन् । र यसै कारणले डाक्टरकहाँ लैजान्छन् । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न सक्षम हुने हुँदा धेरै प्रतिशत बालबालिकाको ५ देखि ६ वर्ष उमेरमा गएर मात्रै पहिचान हुने गरेको अवस्था छ ।

कसरी चिन्ने ?

कुनै पनि बालबालिकाको भाषा विकास हुनु अगावै १६ महिनादेखि ३ वर्ष अगाडि नै उसमा औँलाले संकेत गर्नेहो वा होइन भनेर सोध्दा टाउको हल्लाउने अभिभावकले औलाले देखाएको वस्तुमा आँखा लैजानेचिनेको आवज सुन्दा टाउको फर्काउनेचिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छैन भने त्यस्ता बालबालिकामा अटिजमको शंका गर्न सकिन्छ ।

अटिजम भएका व्यक्तिमा देखिने तीन मुख्ख समस्या :

१.सञ्चार गर्न गाह्रो
२.सामाजिकीकरण हुन नसक्नु
३.सोचाईमा लचकता

यस्तो अवस्थामा अटिजमको शंका गर्न सकिन्छ

यदि बच्चा कसैसंग बोल्दैन भने
बच्चाले बोलाउदा हेर्दैन भने
बच्चा अरुसग खेल्दैन भने

उपचार के त ?

यो रोगको उपचार भनेको थेरापी नै हो । समयमै रोग पहिचान गरी प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महत्वपूर्ण थेरापी हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न सामाजिक व्यवहार गर्न ,। विभिन्न थेरापी र खेलका माध्यममार्फत सिकाउन सकिन्छ ।

बालबालिकाको पहिलो गुरु नै अभिभावक हुन । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउँछन् । त्यसैले सर्वप्रथम अभिभावकले नै तालिम लिनु आवश्यक हुन्छ । उहाँहरुले नै बालबालिकालाई घरका विभिन्न परिस्थितीमावातावरण सुहाउँदा खेल खेल्दै थेरापीदिँदा सबैभन्दा लाभदायक हुन्छ ।

यो आजिवन रहने अपांगता हो । अटिजम भएकाहरु बौद्धिक रुपमा ठीक भएपनि यसको मूल समस्याका कारण आत्मनिर्भर भने हुन सक्दैनन् । त्यसैले अभिभावकहरुले मात्र उनीहरुको ख्याल राख्न कठिन हुन्छ । त्यसैले नेपालमा पनि उनीहरुको राम्रोसँग पालन पोषण गर्ने वातावरण हुनु जरुरी छ ।

विश्व ‘अटिजम’ जागरुकता दिवस विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी हुने राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले बताएका छन् । यो दिवसका अवसरमा जारी गरेको एक मन्तव्यमा उनले अटिजम भएकाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्नेमा उनले जोड दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर