•  २४ चैत्र २०८१, आईतवार

कामु प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने

- चैत्र २१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
कामु प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, प्रतिनिधि सभाको शिक्षा समितिका सांसदहरूलाई बोलाएका छन् ।
शिक्षा विधेयकमा छलफल गर्न शिक्षामन्त्री र संसदीय समितिलाई बिहिबार दिउँसो ४ बजे बोलाएको कामु प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा गृहमन्त्री पनि सहभागी हुने बताइएको छ । शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कामु प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् ।कामु प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी रहेको सचिवालयको भनाइ छ ।

शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ। तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आएका छन् ।बुधबारदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने समयमा शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले चासो दिएको हो ।

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर