•  २ बैशाख २०८२, मंगलवार

एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन आन्दोलनमा सहभागी नहुने

- माघ २१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलन विवादमा परेको छ । आफुहरूसँग कुनै छलफल नगरी घोषणा गरिएको आन्दोलनमा सहभागी नहुने निर्णय एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले गरेको छ ।

तर हाल महासंघमा संगठनको तर्फबाट कुनै पनि प्रतिनिधित्व छैन । आफ्नो प्रतिनिधित्व समेत नरहेको अवस्थामा आफुहरूसँग कुनै प्रकारको छलफल समेत नगरी घोषणा गरिएको आन्दोलनको कुनै अर्थ नहुने प्रस्ट पारेको हो ।

संगठनका महासचिव हंसबहादुर शाहीले आफुहरूलाई बाहिर राखेर एकपक्षीय रूपमा गरिएको आन्दोलनमा नजाने निर्णय गरिएको बताएका छन् । विद्यालय शिक्षा विधेयक तीव्र गतिमा पास गर्नुपर्ने, शिक्षकमैत्री विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने लगायतका माग राखेर महासंघले माघ २० गतेदेखि आन्दोलन गर्दै आएको छ ।
माघ १६ र १७ गते काठमाडौँमा आयोजित तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि महासंघले आन्दोलनको घोषणा गरेको थियो ।

सरकारले विद्यालय शिक्षा विधेयकलाई अगाडि बढाइरहेको अवस्थामा तत्काल आन्दोलनमा जानुको कुनै अर्थ नहुने समेत संगठनको ठहर छ । आम शिक्षक समुदायको पेसागत हकहित स्थापित गराउन एकीकृत आन्दोलन मार्फत जानुपर्नेमा एकलौटी ढङ्गबाट अघि बढ्न खोजिएको बताए ।

जिल्ला अधिवेशनहरू नियमसंगत नभएको भन्दै संगठनले महासंघको महाधिवेशन नै बहिष्कार गरेको थियो । अहिले नेपाली कांग्रेस निकट शिक्षक संगठनका तर्फबाट लक्ष्मीकिशोर सुवेदी अध्यक्ष बनेका छन् । महासचिवसहितका विभिन्न पदहरू भने उनीहरूका लागि खाली छोडिएको छ । तर, हालसम्म संगठनको तर्फबाट कसैलाई पनि पठाएको छैन ।

यो पनि पढ्नुहोस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर