शिक्षा भन्दा आर्थिक लाभमा ध्यान : नक्कली विद्यार्थीको परीक्षा फारम बुझाएर अवैध आर्थिक लाभ लिने गिरोह सक्रिय
- चैत्र ११, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौको घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पसमा विद्यार्थीको भर्ना नगरी परीक्षा फारम बुझाउने अवैध गतिविधि बढ्दै गएको जानकारीमा आएको छ । यसरी नक्कली विद्यार्थीको परीक्षा फारम बुझाएर अवैध आर्थिक लाभ लिने गिरोह सक्रिय रहेको कलेज सम्वन्ध एक बिधार्थीले कासिन न्यूज सँगको कुराकानीमा बताए ।यस्ता फर्जी कार्यमा नेबिसंघ त्रिचन्द्रका बिधार्थी नेताहरुको गहिरो चासो रहेको एक बिधार्थी नेताले कासिन न्यूजलाई जानकारी दिए ।
डिजिटल प्रणालीलार्ई चुनौती
अघिल्लो दशकमा क्याम्पसमा डिजिटल प्रणाली तथा बैंकिङ माध्यम प्रयोगमा नआउँदा यस्ता समस्या व्यापक रूपमा देखिन्थे । तर अहिले डिजिटल बैंकिङ प्रणाली लागू भइसकेपछि पनि यस्ता ठगी प्रवृत्ति निरन्तर भइरहनु प्रशासनको कमजोरी र संगठीत भ्रष्टाचारको संकेत हो।विद्यार्थीले परीक्षा फारम भर्नुपूर्व अनिवार्य रूपमा क्याम्पसमा भर्ना हुनुपर्ने नियम छ। तर, संलग्न समूहले विद्यार्थी भर्ना नगरी परीक्षा फारम बुझाउने प्रक्रिया व्यवस्थापन गर्दै आएको देखिएको छ। यसरी उनीहरूले प्रत्येक वर्ष नक्कली विद्यार्थीबाट पैसा असुल्ने गरेको बिधार्थी स्रोतले जानकारी दियो ।
क्याम्पस प्रमुख र कर्मचारीको मिलेमतो गन्ध
क्याम्पस प्रशासन यस्तो गतिविधिबारे अनविज्ञ रहेको देखाए पनि वास्तविकता फरक रहेको विद्यार्थीहरूले आरोप लगाएका छन्। “प्रशासनको जानकारीमा नभई यति ठूलो मात्रामा फर्जी फारम बुझाइनु असम्भव छ। हरेक वर्ष विद्यार्थी भर्ना नै नगरी परीक्षा फारम बुझाउने क्रम दोहोरिन्छ,“ एक विद्यार्थीले बताए।क्याम्पस प्रमुख र सम्बन्धित कर्मचारीहरूले यस्ता घटनामा मिलेमतो गरेको आशंका पनि गरिएको छ। यदि प्रशासन सचेत र कडाइका साथ निगरानीमा रहेको भए, यस्ता अनियमितता बारम्बार हुन नसक्ने विद्यार्थीहरूको भनाइ छ।
विद्यार्थीको भविष्यमा असर
यस्ता घटनाले वास्तविक विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पार्न सक्छ। परीक्षामा योग्य विद्यार्थीहरू प्रतिस्पर्धा गर्नुपर्ने ठाउँमा फर्जी नाम भर्ना भएर परीक्षा दिनेहरूले अवसर ओगट्न सक्छन्। यसले परीक्षाको विश्वसनीयता र क्याम्पसको शैक्षिक धरातललाई कमजोर पार्न सक्छ।
प्रशासनकोअनविज्ञता
क्याम्पस प्रशासनले भने यो घटनाबारे अनविज्ञता प्रकट गरेको छ। “हामीले बैंकिङ प्रणाली अपनाएका छौं, यस्तो कार्य कसरी सम्भव भयो भन्ने अनुसन्धान गर्छौं,“ त्रिचन्द्र क्याम्पसका एक पदाधिकारीले बताए। तर, क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू भने यस्तो प्रवृत्तिबाट आजित छन्। “हामी महिनौँ भर्ना प्रक्रिया मिलाएर पढाइ गर्छौं, तर कतिपय व्यक्तिहरू पैसा तिरेर परीक्षा फारम भरेर सहजै परीक्षा दिन पाउँछन्। यो असमानता र अनियमितता तुरुन्त रोक्नुपर्छ,“ एक विद्यार्थीले बताए।
जाँच आवश्यक
यस्ता अनियमितताहरू अन्त्य गर्न त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयले छानबिन गरी दोषीलाई कारबाही गर्नु अपरिहार्य छ। डिजिटल प्रणालीको सही कार्यान्वयन, प्रशासनिक निगरानीको कडाइ तथा विद्यार्थी संगठनहरूको दुरुपयोग रोक्ने कदम चाल्न आवश्यक देखिन्छ। अन्यथा, यस्ता अनियमितताले शैक्षिक संस्थाको गरिमा गिराउने मात्र होइन, आम विद्यार्थीको भविष्य नै जोखिममा पार्न सक्छ। त्रिचन्द्र क्याम्पस प्रशासन, त्रिभुवन विश्वविद्यालय तथा सम्बन्धित निकायले चाँडो छानबिन गरी आवश्यक कदम चाल्ने कि नगर्ने भन्ने चासो विद्यार्थी तथा अभिभावकहरूले व्यक्त गरेका छन्।

सम्वन्धित समाचार
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments