धार्मीक राजनीति
गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको भ्रमणले गर्माएको राजधानी
- फाल्गुन ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
महाशिवरात्रीको पूर्व सन्ध्या सँगै नेपालमा भारतीय मठाधिस र साधुसन्तहरुको आगमन हुने गरेकोे छ । जसले नेपालको धर्म संस्कृतिमा एउटा उज्यालोपना ल्याउँछ ।
यहि उज्यालोपना थप्नको लागि भारतको ओडिशा राज्यको पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती अहिले राजधानीमा छन् । बिभिन्न राजनीतिक तौैर तरिकाले हेरिए पनि उनको आगमनले नेपालको धार्मिक राजनीतिमा केही न केही असर गरि नै हाल्छ । त्योे भनि राख्नु पर्ने कुरा होइन् ।
नेपाल र भारतलाई हिन्दू राष्ट्र बनाउने अभियानमा लागेका निश्चलानन्द सरस्वती धार्मिक राजनेताको रुपमा पनि चिनिन्छन् । आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो।
हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्। नेपालको धार्मिक राजनीतिमा गोवर्द्धन मठका शङ्कराचार्य को भूमीका जहिले पनि चर्चा रहने गरेको छ ।
पटक पटक नेपालको भ्रमण गरेका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीको भ्रमण शुद्ध धार्मिक भ्रमण भनिए पनि उनको भित्रि योजना भनेको नेपालको धार्मिक राजनीतिमा केही हलचल ल्याउने प्रयास नै हो । बाहिरी रुपमा भने उनी शिवरात्रिको अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी हुनेछन्।
पशुपति क्षेत्र विकास कोषको निम्तामा आएका उनको सुरक्षा प्रबन्ध सरकारले मिलाएको छ । शनिवार महाशिवरात्रिका दिन शङ्कराचार्यको अभिनन्दन कार्यक्रम राखिएको छ । शङ्कराचार्यले प्रवचन दिने, सम्मान ग्रहण गर्ने र एउटा मन्दिरको अनावरण गर्ने कार्यक्रम राखिएको छ ।
धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए पनि त्यसका पक्षपाती नेताहरू शङ्कराचार्यको कार्यक्रममा सहभागी हुने गरेका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments