
कांग्रेसले राष्ट्रपति पाए ५ वर्ष नै दाहाललाई समर्थन गर्नेछ > प्रवक्ता महत
- फाल्गुन ५, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा स्वीकार्ने नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतल बताएका छन्।
महतले राष्ट्रपतिमा माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका हुन्। अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने उनले बताए। संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको उनले बताए।
राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भए पनि राष्ट्रिय सहमतिका लागि सत्तारूढ दल एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरू एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न महतले आग्रह गरे।
‘राष्ट्रपति कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख रहेको हो,’ महतले भने।
एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरूरी रहेको उनले उल्लेख गरे।
प्रवक्ता महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि नदोहोरिन गरी राष्ट्रपति बनाउनु पर्ने बताए।
‘वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन। एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहलिो बैठकमा नै संसद विघटनको विषयलाई मुल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ,’ महतले भने,‘राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरू छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ।’
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले सघाए कांग्रेसले अहिले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत पाँच वर्षसम्म रहिरहने महतले बताए।
‘राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ। सबैभन्दा ठूलो दलबाहिर हुनु नै बिडम्वना छ। कुनै पनि दलको बहुमत नआउने निश्चित बहुमत नआउने अवस्थामा तेस्रो, चौथो पार्टी निर्णायक हुने अवस्था छ,’ उनले भने।खखखख

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
लोकप्रिय बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
लोकप्रिय बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
Comments