
उपचुनाव
सुशासन पार्टीका अध्यक्ष खरेल बारा २ मा रास्वपाको तर्फबाट चुनाव लडदै
- चैत्र १७, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
वैशाख १० मा हुने उपचुनावमा नेपाल सुशासन पार्टीका अध्यक्ष एवं पूर्व डीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट र बारा–२ बाट चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आवद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु।
डाक्टर प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु। राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबद्ता।’
२०७८ साल मंसिर २४ गते नेपाल सुशासन पार्टी खोलेका खरेलले गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका थिए। उनी सो निर्वाचन क्षेत्रमा ३ हजार १ सय २४ मतका साथ तेस्रो भएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ मा कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ। नागरिकता विवादमा सांसद पद गएपछि रवि लामिछाने पुनः चितवन २ बाट उम्मेदवार बन्ने भएका हुन्।
तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ सांसद पद खाली छ। यस्तै बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको हो।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
लोकप्रिय बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
लोकप्रिय बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
Comments