•  २४ चैत्र २०८१, आईतवार

बालेन बिना बैठक : वडाध्यक्ष र कर्मचारीहरूले कार्यालयको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई छिराए

- चैत्र २१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मेयर बालेन्द्र साह बिना बैठक सञ्चालन गरेका छन् ।बिहिबार वडा अध्यक्ष र कर्मचारीहरूले कार्यालयको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छिराएपछि बैठक सञ्चालन गरेका हुन्।उनीहरूले पटक–पटक बैठक र छलफलका लागि बालेनलाई अनुरोध गर्दा पनि उनी नआएपछि मेयर बालेनबिनै बैठक सुरु भएको थियो।

कार्यालयभित्र बैठक बसे पनि ढोका लगाएर पत्रकारहरूलाई भने छिर्न दिइएको छैन। वडाअध्यक्षहरूले बालेनको चर्को विरोध गरेका छन्।सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।

तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन ग¥यो। त्यसयता उनी निलम्बनमा परेका थिए।

सम्वन्धित समाचार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर