मन्दिर हो कि सिनेमा घर ?
मन्दिर दर्शनको पासमा संस्कृति बिभाग प्रमुख पराजुलीको हैकम कहिले सम्म ?
- फाल्गुन ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हिन्दूहरुको महान चाड महाशिवरात्री पर्वले अहिले पशुपति परिसरको वातावरण निकै तातिएको छ । पशुपति परिसर वरपर भारतिय मूलका बाबा देखी नेपाली मूलका बाबाहरुको रमाइलो जमघट देख्न पाइन्छ ।
कोही शनिबार बिहान कति बजे दर्शनको लागि लाम लाग्ने भन्ने कुराको छलफलमा छन् भने कोही कसरी दर्शन गर्ने भन्ने चिन्ता व्यतित गर्न थालेका छन् ।
तर यहाँ चर्चा गर्न खोजीएको कुरा दर्शनार्थीहरुको भन्दा पनि पशुपति बिकास कोषको अपरिपक्कता बारे हो । पशुपति परिसरको सम्पूर्ण क्रियाकलापको जिम्मेवारी लिंदै आएको बिकास कोष जहिले पनि आफनो कार्यमा चुकेको छ ।
शुक्रबार बिहान कासिन न्यूज प्रतिनिधि पशुपति परिसर तिर घुम्दै जाँदा पशुपति मन्दिर छेउमा रहेको बिकास कोषको सांस्कृति बिभागमा पुगेको थियो । जहाँ मन्दिरमा दर्शनार्थीहरुको दर्शनको प्रवन्ध भन्दा पनि बिकास कोषका मुख्य व्यक्ति देखी भिआईपीहरुलाई कसरी दर्शन गराउने र पास उपलब्ध गराउने भन्ने चर्चा चल्दै थियो ।
कासिन न्यूज प्रतिनिधिको आँखै छेउमा बिकास कोषका कर्मचारी मन्दिर भित्र प्रवेश पासको चाँजोपाँजो मिलाउँदै थिए । कासिन न्यूज प्रतिनिधिको छेउमै रहेका संस्कृति बिभागका प्रमुख गौरीशंकर पराजुली आफै पासको छिनोफानो गर्दै थिए । लाग्थ्यो कि त्यो मन्दिर परिसर होइन कुनै सिनेमाको टिकट बिक्री गर्ने कार्यस्थल थियो ।
जहाँ पासको व्यापार हुँदै थियो । पास छिनोफानोका नाइके संस्कृति बिभागका प्रमुख पराजुलीलाई कासिन प्रतिनिधिले समाचार संकलनको लागि पासको सामान्य आग्रह गर्दा मुठ्ठी भरि पास लिएर उनी कहाँ हुनु पास एउटा पनि छैन्,“ तिलगंगाको बाटो आउनुहोस् दर्शन भै हाल्छ नि” ? भन्दै थिए ।
मुठ्ठी भरि पास लिएर समाचारको लागि पास उपलब्ध गराउन असर्मथ भएका प्रमुख पराजुलीको यो नौटंकी हरेक वर्षको हो । लाग्थ्यो उनी शिवरात्री अवधिभरको पासको ठूलै व्यापारी हुन् । बिकास कोषमा यस्ता जात्रा हरेक वर्ष हुने गर्छ । सदस्य सचिव देखी कार्यकारी निर्देशकलाई सम्म गुमराहमा राख्न सक्ने खुबी भएका बिभागका प्रमुख पराजुलीको काम भनेको चाकरी चापलुसी बाहेक अन्य केही होइन् । दुई चार जना बिकासको सामान्य कर्मचारीहरुलाई साथ लिएर प्रमुख पराजुली हरेक वर्ष शिवरात्री पास माथि कालो कर्तुत देखाई रहेका हुन्छन भने बिकास कोषका सदस्य सचिव देखी प्रमुख निकाय पराजुली नाच हेरेर मस्त छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments