
देशका तीन महापुरुष : जसलाई जे बोल्दा पनि फ्रि छ
- चैत्र ३१, २०८१ मा प्रकाशित


- प्रधानमन्त्री केपी शर्मा ओलीले केही जनकपुरमा सम्बोधन गर्ने क्रममा भनेका थिए, ‘मैले रेलको कुरा गर्दा मानिसहरूले मजाक उडाएका थिए । तर जनकपुर आएर मैले आफैंले टिकट काटेर रेल चढेँ । मैले साथीहरूलाई भनेको थिएँ, जोजोले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रिमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि आएन फ्रिमा कुद्न ।’
- पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा मुख्यमन्त्री आदित्यनाथ योगी लक्षित कुरालाई पछुतो मानेका थिए । कार्यक्रमा बोल्दै उनले भने , योगी दुतावास नआउनुभएको र भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उल्लेख गरे ।‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दूतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु,’ देउवाले भनेका छन् ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं आयोजित एक कार्यक्रमा बोल्दै आफूले एक जना मान्छेलाई नपिटेको जिकिर गरे ।‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो बताएका थिए ।
आज(आइतबार) यो वर्षको अन्तिम दिन । जसरी बितेका वर्षहरु बिते त्यसरी यो वर्षले आफनो स्थान छोड्दै छ । यो वर्षको अन्तिम दिन सम्म आइपुग्दा कहि कतै शान्तिको सास फेर्न नपाएको आभाष अहिले पनि नेपाली समाजले गरिरहेका छन् । तर यो वर्षको रमाइलो पक्ष भनेको देशका तिन महापुरुषहरु हुन् । जो आलोपालो गरेर सत्ताको वरिपरि घुमीरहेका हुन्छ । यि तिनैको वरिपरि नेपालको राजनीति घुमीरहेको हुन्छ ।
तिन महापुरुष नेपालका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसले नेपालीको बागडोरलाई हातमा मौकापरस्त रुपले खेलाईरहेका हुन्छन् । नेपाली उखान कहिले सासुको पालो त कहिले बुहारीको पालो भने तिनै जना नाचिरहेका हुन्छन् । जनता भुलाउने काममा यि तिनै जनालाई कसैले पनि भेट्न सक्दैन ।
समय सन्दर्भको आजको प्रसंग भनेको माथि उल्लेख गरिएको बुँदाहरुलाई लिएर हो । राजनीतिक रुपमा पूर्ण पाका भएका यि तिनै जनाको उमेरले नेटो काटिसकेको छ । तर पनि सत्ता राजनीतिको चतुर्याँई गर्न भने यि तिनै जनाले छोडेका छैनन ।
माथि उल्लेख गरिएको तिन महापुरुष मध्ये एक प्रधानमन्त्री ओेली जसलाई राजनीतिका चतुर्याँई र धुर्तगिरीमा कसैले पनि भेट्न सक्दैन । वकवास र बकम्फुसे कुरा गरेर भएपनि जनतालाई भुलाउन सक्ने क्षमता भएका प्रधानमन्त्री ओली उमेरले पाको मानिए पनि उनले बोल्ने भाषा भने उनको उमेर सँग मेल खाँदैन । जुन स्थानको सभामा गए पनि उनको पहिले प्रहार भनेको आफना बिरोधीहरु नै हुन्छन् । राज्यको कार्यकारी प्र्रमुख भएर अर्मयादित भाषा प्रयोग गर्ने कुरामा प्रधानमन्त्री ओली निकै अगाडि छन् भन्ने कुरा उनले जनकपुरमा दिएको पछिल्लो टिप्पणी देखी विभिन्न स्थानका सभा दिएको भाषणहरु पनि प्रस्ट्याउँछ ।
अनि अर्का महापुरुष हुन् पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सबैलाई मिलाएर लान सक्ने क्षमता भएका सभापति देउवाले सरकारको नेतृत्व र त्यसका सदस्यहरु चौतर्फी खेपे पनि सभापति देउवाको मिलाउन सक्ने राजनीतिका अगाडी बिस्तारै त्यस्ता बिरोधहरु पाखा लाग्दै छन् । भूराजनीतिक प्रेसरको सामना सभापति देउवालाई भएपनि उनको चातुर्यताको अगाडी कसैको केही लाग्ने वाला छैन ।पार्टीभित्र संख्यात्मक बल अहिले पनि सभापति देउवासँग छ । पार्टी संरचनामा शक्तिशाली सभापति देउवाले अरूका लागि पद त्याग्ने कुरा बारम्बार बताउँदै आएका छन् ।

राजनीतिक माहोललाई गर्माएर आफनो पक्षमा बातावरण बनाउन सफल भएका सभापति देउवाकोे उद्देश्य पनि पार्टीमा एकता हो ।तर माथि उल्लेखित बुँदा जसका कारण उनले शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा लज्जित हुनु पर्यो । सत्ता साझेदार दलका सभापति देउवा त्यसमा पनि परराष्ट्र मन्त्रालय जसको मन्त्री श्रीमति डा.आरजु राणा देउवा । तर पनि सभापति देउवालाई यति पनि होस भएन कि के बोल्दा के हुन्छ भनेर ?
राजनीतिक रुपमा जति सबल भएपनि बोलीको हकमा सभापति देउवाले पनि ख्याल राख्दैनन भन्ने कुरा उनको उत्तर प्रदेशका मुख्यमन्त्रीलाई लिएर दिएको टिप्पणीले पनि दर्शाउँछ । कार्यक्रममा गएपनि जिब्रोका कारण खासै बोल्न नरुउचाउने सभापति देउवामा पनि उमेरका कारण यस्ता भाषाहरु आउन टिप्पणी उनका निकटहरु बताउँछन् । आफना कारण आफै बदनाम हुँदै गइरहेका छन् अहिले सभापति देउवा ।
देशको सत्तारुढ दल र भिमकाय दल । त्यसको सभापति देउवा । तर त्यहि दलका सभापति एवं पूर्व प्रधानमन्त्री देउवालाई कसले कहाँ के गर्यो ? विदेशमा रहेका कुटनितिक नियोगका ब्यक्तिहरुले कसले कसलाई कति बेला भेट गर्यो त्यो पनि थाहा हुँदैन ।
त्यस्तै अर्का महापुरुष हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसले नेपालको राजनीतिक हिसाबकिताबमा जोड घटाउको खेलोमा प्रफेक्ट मानिएका म्याथम्याटिक्सका चतुर खेलाडीको उपमा पाएका छन् ।राजनीतिलाई आफ्नै वरिपरी घुमाउन सक्ने क्षमता भएका राजनीतिक पुरुष हुन् । राजनीतिकको हरेक मोडलाई परिस्थिती जन्य अवस्था मुताविक पहिचान गर्न सक्ने कला भएका अध्यक्ष दाहाल सामन्ती र सर्वहारा वर्गको सफाया गर्ने र देशलाई आम नागरिकको चाहना अनुरुप ढाल्ने प्रतिज्ञाका साथ जनयुद्धमा होमाएर सर्वोच्च कमाण्डरको पगरि गुथेका दाहाल ती सपना अहिले काल्पनिक भएका छन् । करिबन दुई दशक भयो होला दाहालले सो प्रतिज्ञा गरेको । तर अहिले त्यो प्रतिज्ञा प्रतिज्ञामा नै सिमित भएको छ ।
शान्तिवार्ताको झोला बोकेर उपत्यकामा शान्तिको वार्ता गर्दै राज्यलाई जनयुद्धबाट पार लगाएका अध्यक्ष दाहालले जसै आफनो दललाई सामूहिक राजनीतिक दलका रुपमा रुपान्तरित गरे । त्यसपछिका दिनहरुमा सत्ता र राज्यका सुख सुविधाले बिगतमा गरेका वाचाहरु विस्तारै बिस्मृत हुन् थाले ।जसरी अध्यक्ष दाहालले गरेका वाचाहरु बिस्मृत हुन् थाले उनले बोल्ने भाषा शैली प्रधानमन्त्री ओलीको भन्दा कम छैन् । सफेद झुट बोल्न माहिर मानिएका राजनीतिका चतुर खेलाडी अध्यक्ष दाहाल पनि माथि उल्लेख गरिएको बुँदा देखी टाढा छैनन ।
काठमाडौंमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले एक जना मान्छेलाई नपिटेको जिकिर गरे ।‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा बनाएको भन्दै उनी पन्छिए । आखिर जनयुद्धको मुख्य कमाण्डर त उनै थिए । यसरी जनतालाई भुलाएर जसरी सत्ताको तावेदारी गर्ने बानी परेका अध्यक्ष दाहालको भाषा पनि उमेरका कारण सोच्न नसक्ने भएर यस्तो हुन् थालेको उनका निकटहरु बताउँछन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ५, २०८२देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला
-
बैशाख ५, २०८२तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार
-
बैशाख ४, २०८२अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस
-
बैशाख ४, २०८२सामाजिक सेवा र हाम्रो उत्तरदायित्व
लोकप्रिय
-
लोकप्रिय बैशाख ५, २०८२देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला
-
लोकप्रिय बैशाख ५, २०८२तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार
-
लोकप्रिय बैशाख ४, २०८२अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस
-
लोकप्रिय बैशाख ४, २०८२सामाजिक सेवा र हाम्रो उत्तरदायित्व
Comments