सत्ता र शक्तिको लागि रंगिन नृत्य देखाउँदै लामिछाने
- माघ २०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२० माघ, काठमाडौँ ।
सत्ता र शक्ति बनेको राजनीतिक नेतृत्वको लागि यसको मिठो स्वाद नचाखे सम्म रातमा निद्रा पर्दैन भन्ने कुराले नेपाली राजनीतिको बजार माघ महिनाको चिसो मौसम सँगै गर्मिन थालेको छ ।
कुनै पनि दलको नेता होस् । उसको नजरमा सत्ता र शक्तिको चास्नीले एक पटक जिब्रोमा स्वाद दिएपछि त्यसले पछ्याउन छोड्दैन भन्ने कुराको राम्रो उदाहरण बनेका छन् पूर्व सञ्चारकर्मी एव पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने ।
नेपाली राजनीतिको नक्षत्रमा आक्समत उत्पन्न भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको आगमनले नेपाली राजनीतिमा जुन प्रकारको तरंग उत्पन्न भएको थियो । त्यसको जोडघटाउ पनि गर्न नपाउँदै सत्ता र पार्टीबाट बिमुख भएका थिए लामिछाने । अहिले त्यहि बिमुखतालाई सहन गर्न नसकी भनौ वा सत्ता र शक्तिको मोहमा फस्न पुगेर हो लामिछानेकाआँखा रसिला भएका छन् ।
नेपाली राजनीतिका एक पंक्तिहरुले जसरी लामिछानेलाई बिश्वास गरेका थिए । त्यो पनि अब बिस्तारै हराउने स्थितीमा पुग्न थालेको छ ।
नेपाली बन्ने अधिकार बाट बञ्चित भएका लामिछानेले जसै दोस्रो पटक नेपाली बन्ने अवसर पाए । त्यो सँगै लामिछानेमा सत्ता र शक्ति बिना बाच्न नसक्ने जस्तै पानी बिनाको माछो बनाएको छ । जुन कुरा अहिले नेपालबाट प्रकाशीत हुने समाचार पत्र देखी अनलाइन सञ्चारको लागि खुराक पनि बनेको छ ।
अहिले लामिछानेको एउटा मात्र सुँगा रटाई हो उपप्रधान तथा गृह मन्त्री बनेर सिंहदरवार प्रवेश गर्ने । लामिछानेको यो रटाईलाई हेर्दा लाग्छ उनको र सिंहदरवारको सम्वन्ध निकै प्रगाढ बनिसकेकोे छ ।
दैनिक जसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्ने गरेका लामिछानेले बालुवाटार पुगेर ‘मलाई त्यही मन्त्रालय चाहियो’ भन्दै अड्डी कसेकोवारे सत्ताशीन दलहरु आश्चर्य चकित भएका छन् । उता प्रधानमन्त्रीले फैसलाको पूर्ण पाठ कुर्न आग्रह गर्दै त्यसपछि यसवारे छलफल गर्न सकिने जवाफ उनलाई दिएका छन् ।
‘प्रधानमन्त्री संग लामिछानेले हिजो बिहान भेट्नुअघि र भेटेलगत्तै महान्यायाधिवक्ता दिनमणि पोख्रेलले कुनै हालतमा अहिले फौजदारी अभियोग झेल्दै गरेको,त्यो पनि गैह्र साँसदलाई मन्त्री नियुक्त गर्न मिल्दैन,राहदानीसम्बन्धी कसुरमा कुनै हालतमा जोगाउन सकिन्न भन्नुभएको छ । तपाईं केही समय चुप लागेर बस्नुस् ।’
‘अदालत र अमेरिका बारम्बार गैरहने ३ जना श्रीमानलाई म मिलाउँछु । पासपोर्टको छानबिनमा पनि प्रहरीतिर मै मिलाउँछु,तपाईंले यसमा कुनै चिन्ता लिनुपर्दैन । तर मलाई आजै बेलुकासम्म गृहमन्त्रीको शपथ खुवाउन पर्यो । अरु कुरो मलाई थाहा छैन । अन्यथा, सरकारलाई दिइएको समर्थनबारे विचार गर्नुपर्ने हुन्छ ।’
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री दाहाललाई रविलाई कुनै हालतमा गृह मन्त्रालय दिन आग्रह गर्दै आएको बालुवाटार स्रोतले कासिनलाई बतायो ।
तर महान्यायाधिवक्ताले फैसलाको पूर्ण पाठ कुर्नैपर्ने सल्लाह दिँदै भनेका थिए, ‘राहदानीको विषयमा रविलाई कसैले पनि जोगाउन सक्दैन । राहदानी ऐन विपरीतको कर्तुतमा लामिछाने दोषी ठहरिने पक्का छ । उनी उम्कनसक्ने कुनै सम्भावना छैन । ऐनमै कि कैद कि जरिवानाको प्रावधान प्रष्ट छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments