संसद्को बैठकलाई प्रभावकारी बनाउन प्रधानमन्त्री जुटे छलफलमा

- माघ २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
२३ माघ, काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् । सोमबार बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभामा रहेका सबै दलका प्रमुख सचेतकलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर