
रास्वपाका तिन मन्त्रीले दिएको राजीनामा स्वीकृत
- माघ २३, २०७९ मा प्रकाशित

कासिन न्यूज,
२३ माघ, काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । आइतबार दिएको उनीहरूको राजीनामा स्वीकृत भएको र सो मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको पदबाट राजीनामा दिएका थिए ।
उनीहरूको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार रास्वपाका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments